अर्थतन्त्र

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेबाट ट्रफी प्रायोजन स्वरुप ५० हजार सहयोग हस्तान्तरण

वैशाख २४, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन तमु धिं यूकेले यसपाली देखि ट्रफी(अवार्ड) प्रायोजन गर्न सुरु गरेको छ । यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न तमु धिं युकेले ट्रफी प्रायोजन स्वरुप ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ । तमु धि युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वको टोलीले उक्त रकम नेपाल प्रतिनिधि मे.गुरुङ समक्ष पठाउनु भएको हो । तमु धिं युके नेपाल प्रतिनिधि मेजर… पुरा पढौ

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते

काठमाण्डौं, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते हुनु भएको छ ।गएराति बाथरुममा लडेर उहाँ घाइते भएका हुनु भएको उहाँको सचिवालयले जनाएको छ । उहाँको टाउकोमा चोट लागेको कारण मेडिसिटी अस्पताल उपचार पश्चाल हाल निवासमा फर्किनु भएको छ ।उहाँको टाउकोमा केही टाँका समेत लगाइएको श्रोतले जनाएको छ । उहाँकी छोरी गंगा दाहालले आफ्नो फेसवुक स्टाटर्समा बाबुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बाथ रुममा लड्नु भएको र समान्य चोट लागेको उल्लेख गर्नु भएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशको गाउँ पर्यटन प्रवद्र्धनका लागि जेठ दोश्रो साता पोखरामा ‘गाउँ पर्यटन मार्ट’ हुने

दीननाथ बराल, पोखरा २४, वैशाख, गण्डकी प्रदेशको ग्रामिण पर्यटन प्रवद्र्धनका लागि पोखरामा ‘ग्रामिण पर्यटन मार्ट’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरामा आउँदो जेठ महिनाको ९ र १० गते उक्त कार्यक्रम हुने भएको पर्यटन बोर्डले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका कम्तिमा एक जिल्लाबाट दुई वटा होमस्टेहरुलाई पोखरासम्म ल्याउदै उक्त क्षेत्रका होमस्टे सहित त्यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको समेत प्रबद्र्धन गरिने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताउनु भयो ।… पुरा पढौ

पोखरा ४ का वडा अध्यक्षले कर्मचारी र व्यवसायीलाई कुटेको अरोपमा जिल्ला प्रहरी कार्यालय घेराउ

पोखरा, बैशाख २३, पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायी कुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्की घेराउ भएको छ । अध्यक्ष पराजुलीले प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेल र सर्वश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीलाई हातपात तथा दुव्यवहार गरेको आरोपमा कार्वाहीको माग गर्दै जिप्रका घेराउ गरेका हुन् । अध्यक्ष पराजुलीले मादक पदार्थ सेवन गरेर कर्मचारीलाई आन्तरिक रुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपीट गरेको तथा लछारपछार… पुरा पढौ

राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन जेठ दोश्रो साता पोखरामा हुने, चामल देखि मोही सम्म सहयोग आउन थाल्यो..

दीननाथ बराल, पोखरा २३, वैशाख, राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आउँदो जेठ दोश्रो साता पोखरामा हुने भएको छ । पर्यटनको राजधानि पोखरामा पहिलो पटक उक्त महाधिवेशन आउँदो जेठ ९ गते देखि ११ गतेसम्म हुने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त महाधिवेशनमा देशभरीबाट करिब २ हजार जना प्रतिनिधिको उपस्थिति रहने गरी तयारी गरिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बताउनु भयो । उक्त अधिवेसनले नयाँ नेतृत्व चयन सहित २० बर्षीय युवा… पुरा पढौ

पोखरामा असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको हो । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको संघका महासचिव विनोद गुरुङले बताए । एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त… पुरा पढौ

कृषककै सुझाव अनुसार कार्यक्रम तय हुनेछन् ः कृषि मन्त्री श्रेष्ठ

पोखरा,२३ वैशाख, गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसोजिल्लाकाकृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रमतय गरिने बताएकी हुन् । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष संवाद गरेको छु… पुरा पढौ

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई

पोखरा २३ वैशाख, स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु। २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कार यहि जेठ २ गते स्व।पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा प्रदान गरिने भएको हो । पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर… पुरा पढौ

श्रीमतीको हत्या पछि पोखरामा ऋषिराम बरालले गरे आत्महत्या

दीननाथ बराल, पोखरा २३, वैशाख, कान्छि श्रीमतीको हत्या पछि पोखरामा ऋषिराम बराल आफै आत्महत्या गरेका छन् । पोखरा पार्दीमा बस्दै आएका ऋषिरामले ३७ बर्षीया कान्छि श्रीमती देवि पराजुली बरालको धारिलो हतियार(चक्कु) प्रहार गरी हत्या गरे पछि आफ्नै घाँटीमा चक्कु प्रहार गरी आत्म हत्या गरेको कास्की प्रहरीले जनाएको छ । पोखराको मासवारमा पुरानो घर भएका ५७ बर्षीय ऋषिरामले सोमबार दिउँसो करिब १ः३० बजे कान्छि श्रीमतीसंग भनाभन भएसंगै चक्कु प्रहार गरी हत्या गरेको हुन सक्ने कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, हिमश्री फुडबाट ५० हजार सहयोग

वैशाख २३, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा हिमश्री फुडले सहयोग गरेको छ । हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र मञ्चका… पुरा पढौ