
काठमाण्डौं,
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते हुनु भएको छ ।
गएराति बाथरुममा लडेर उहाँ घाइते भएका हुनु भएको उहाँको सचिवालयले जनाएको छ । उहाँको टाउकोमा चोट लागेको कारण मेडिसिटी अस्पताल उपचार पश्चाल हाल निवासमा फर्किनु भएको छ ।उहाँको टाउकोमा केही टाँका समेत लगाइएको श्रोतले जनाएको छ ।
उहाँकी छोरी गंगा दाहालले आफ्नो फेसवुक स्टाटर्समा बाबुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बाथ रुममा लड्नु भएको र समान्य चोट लागेको उल्लेख गर्नु भएको छ । नेताहरु अध्यक्ष प्रचण्डलाई भेट्न उहाँको निवास पुग्ने क्रम जारी छ ।





