अर्थतन्त्र

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी ,ढिकि जातो प्रतियोगिता सुरु

पोखरा ९ भाद्र, पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन ।… पुरा पढौ

यु १४ छात्र तथा छात्रा विद्यालय स्तरीय फुटबल प्रतियोगिता, छात्र तर्फ २४ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता

पोखरा, भदौ ९, आगामी विहीबारदेखि पोखरा रंगशालामा विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाउने छन् । यही भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र तर्फ सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल तालिका भने १७ गतेदेखि शुरु हुने छ… पुरा पढौ

लेखनाथमा व्यवसायीको चुनाव ः प्यानलसहित मत माग्दै घरदैलोमा राजेन्द्र ओझाको टिम

पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा ब्यबसायीका नेताहरुले घरदैलो अभियानलाइ तिब्र पारेका छन् ।उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। लेखनाथ उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने १५ औं अधिवेशनमा अध्यक्षको उमेद्वार राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरुले घरदैलो अभियानलाइ तिब्र पारेका हुन् । ओझाको प्यानलउद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नारा सहित चुनाबी अभियानमा होमिएको छ । घर दैलोको क्रममा ब्यबसायीहरुले गरेको माया र आत्मियता देखेर ओझा चुनाब… पुरा पढौ

जिएम समाज र ढुंगेदेउराली लामाचौर कप भलिबलको फाइनलमा

पोखरा, भदौ ९, जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि।एम। समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि।एम। समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु… पुरा पढौ

तिजको अवसरमा नेपाली महिलाहरुलाई अन्नपूर्ण केवलकार चढ्दा २ सय ५० मै, चतुर्थीमा ५० प्रतिशत छुट

दीननाथ बराल,पोखरा ९, भदौ, नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकार चढाउने भएको छ । पोखराको सेदिबगर देखि सराङकोटसम्मको केवलकार यागर्दा भोलि (मंगलबार ) तिज पर्वको अवसरमा महिलाहरलाई २ सय ५० रुपैयामा जान तथा आउन पाउने पाउने भएका छन्। त्यसै गरी गणेश चतुर्थीको पावन अवसरमा भदौं ११ गते बुधबार नेपाली र भारतीय पर्यटक तथा दर्शनार्थीहरुलाई ५० प्रतिशत छुटमा केवलकार चढाउने भएको अन्नपूर्ण केवलकार लिमिटेडका जनरल म्यानेजर दिनेश पौडेलले बताउनु भयो । बुधबार बिहान… पुरा पढौ

कुमुदिनी होम्समा नृत्य प्रतियोगिता सम्पन्न

पोखरा ८,भाद्र पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। जसअन्तर्गत ६ गते शुक्रवार सम्पन्न भएको प्रतियोगितामा आधारभूत तह ( ६—८) मा अश्लेषा सुवेदी प्रथम , सरगम क्षेत्री द्वितीय र गुराँस कार्की तृतीय भएका थिए । त्यस्तै माध्यमिक तह अन्तर्गत विज्ञान संकाय कक्षा १२ की एरिन गुरुङ प्रथम, व्यवस्थापन संकाय कक्षा १२ की अप्सरा पुन द्वितीय र कक्षा १० की कास्मिन मगर तृतीय भएका थिए । त्यस्तै आइतवार… पुरा पढौ

छोरेपाटन माविमा तीज गीत सम्पन्न

पोखरा, ८ भदौं, पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ अन्र्तगत शुक्रबार अन्तर समूह स्तरीय तीजगीत प्रतियोगिता भएको छ । उक्त प्रतियोगितामा प्रतिक्षा क्षत्रीको समूह प्रथम तथा सलिना बरालको समूह द्वितीय भए।त्यस अवसरमा विद्यार्थीले संस्कृति, संस्कार, महिला विभेद, समानता, रितिरिवाज, महिलाका दुःखसःुख लगायतका विषयवस्तु समेटी गीत प्रस्तुत गरे।प्रतियोगितामा शिक्षकद्वय विमल आचार्य र रेखा थापाले निर्णयकको भूमिका निर्वाह गरे । पुरस्कार वितरण गर्दै प्रधानाध्यापक डिल्लीराम शर्माले तीजको मौलिकतालाई जोगाई राख्नुपर्ने स्पष्ट पार्दै चाडपर्व हुदाँ खाने वर्गको पनि हुनुपर्ने… पुरा पढौ

अन्तर्राष्ट्रिय पदकदारी खेलाडी दिलिसा रानालाई राखेपका पूर्व सदस्य गुरुङद्धारा ट्याकसुट हस्तान्तरण

पोखरा, अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी दिलिसा रानालाई ट्र्याकसुट हस्तान्तरण गरिएको छ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको अवसरमा पोखरा १४ चाउँथेमा रहेको विशालनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको तीज विशेष तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको अवसरमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य राजेशकुमार गुरुङले पदकधारी खेलाडी रानालाई ट्र्याकसुट हस्तान्तरण गर्नुभएको हो। अन्तर्राष्ट्रिय पदकधारी खेलाडीको हौसला स्वरूप आफूले केल्मी ब्रान्डको ट्र्याकसुट हस्तान्तरण गरेको पूर्वबोर्ड सदस्य गुरुङले जानकारी दिनुभयो। यस्ता खेलाडीलाई राज्यले उचित सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो। हालै भुटानको थिम्पुमा आयोजना भएको साउथ… पुरा पढौ

पोखराको सिर्जना बहिरा माविका बिद्यार्थी आन्दोलित, बिद्यालयमा तालाबन्दी सहित वडा कार्यालय घेराउ

दीननाथ बराल,पोखरा ८, भदौ, पोखरा २६ को सिर्जना बहिरा माविका बिद्यार्थीहरु यति वेला आन्दोलित भएका छन् । विद्यालय प्रशासनले निर्दोष विद्यार्थीलाई झुटो आरोप लगाएर कारागार चलान गरेको बिरोधमा विद्यार्थीहरू आन्दोलित भएका हुन् । बहिरा बिद्यार्थीहरुले आइतबार बिरोध प्रर्दशन गर्दै विद्यालयमा तालाबन्दी सहित पोखरा २६ को वडा कार्यालय घेराउ समेत गरेका थिए । पोखरा, अर्घौचोक क्षेत्रमा केही समय बिद्यार्थीहरुले सडक समेत अबरुद्ध गरेका थिए । बिद्यार्थीहरुले भ्रष्टचारी प्र.अ.सुनिल भण्डारीलाई तत्काल कार्वाही गरियोस, आफ्नै अपाङ्ग बिद्यार्थीलाई कारागार पठाउने, दोषी प्र.अ.भण्डारी, सह प्र.अ.सावित्री… पुरा पढौ

लामाचौर कप अन्तर मावि छात्रा भलिबल टप्स र शान्त मावि फाइनलमा

पोखरा, भदौ ८, लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् । आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्ताले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको… पुरा पढौ