
पोखरा, १० मंसिर,
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधाबारदेखि सुरु भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ को दोस्रो दिन आयोजक किङ्स क्लब, पुलिस र गण्डकीले जितेको छ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको खेलमा बिहीबार आयोजक र गण्डकीले लगातार दोस्रो खेल जित्दा पुलिसले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको दोस्रो दिनको पहिलो खेलमा आयोजक टिमले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजकले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ सेटमा हराउँदै ३ अंक जोड्दै लिग तालिकामा शीर्ष स्थानमा पुगेको छ ।
दोस्रो खेलमा पुलिसले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ ले पराजित गर्दै ३ अंक जोडेको हो । अघिल्लो खेलमा एपिएफसँग ३–२ को सेटमा पराजित पुलिसको लिग तालिकामा ४ अंक पुगेको छ । बिहीबार भएको अन्तिम खेलमा गण्डकीले एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । गण्डकीले पहिलो र दोस्रो सेटमा २५–१५, २५–२१ जितेपनि तेस्रो सेट २५–२३ ले एपिएफलाई सुम्पिएको थियो । चाथौं सेट २५–१६ ले जित्दै ३ अंकं जोडेको हो । लिग तालिकामा गण्डकीको पनि ६ अंक भएको छ । सेटका आधारमा आयोजकभन्दा गण्डकी एक स्थान तल छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेल एपिएफ र कोशी प्रदेश बिच हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । दोस्रो खेलमा नेपाल पुलिससँग त्रिभुवन आर्मी, तेस्रो खेलमा गण्डकी प्रदेशसँग आयोजक किङ्स पोखराले खेल्ने उनले बताए । राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।






