
पोखरा, १८ असोज,
फेवा बचत तथा ऋण सहकारीको २७ औं साधारण सभा एक कार्यक्रमका साथ सहकारीका सम्पन्न भयो । आज भन्दा २६ बर्ष पहिले २०५६ सालमा २७ जना सदस्य सहभागी भै स्थापना भएको यस सहकारीमा आजका दिनसम्म २ हजार ८ सय ५० जना सदस्य भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि निवर्तमान अध्यक्ष एवं जेष्ठ सहकारी सदस्य क्या. चन्द्र प्रसाद गुरूङले पानसमा दिप प्रजलन गरी कार्यक्रमको उद्घाटन गर्दै फेवा सहकारीको बित्तिय कारोबारको बिषयमा प्रष्ट पार्नुहुँदै सहकारीमा मुख्य त ऋण लगानी, अशुलीमा बिषेश ध्यान दिनुपर्ने र तरलता धेरै भएमा पनी समस्या आउने र आफु फेवामा प्रबेस गरी अध्यक्ष सम्म प्रवेश गर्दाको अनुभब सुनाउनुभयो । उहाँले सहकारी आफ्नै भवनमा संचालन भएकोमा खुसी ब्यक्त गर्नुहँुदै बर्तमान समितिलाइ धन्यबाद दिदै नयाँ आउने समितीलाई बधाइ र सफलताको शुभ कामना दिनु भयो ।
साधारण सभा कार्यक्रममा सस्थाका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुहुँदै १ अर्ब ३१ करोड ८४ लाख २५ हजार बराबरको कारोबार गर्दै ८२ करोड ४२ लाख २५ हजार लगानी गरिएको बताउनु भयो । उक्त अवसरमा सचिबको प्रतिबेदन सचिब दिल बहादुर भटराइले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुर्णभद्र अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा परिमार्जन गर्नुपर्ने निति नियम र संस्थालाई ब्यबस्थित, शुसासित र गुणस्तरीय बनाउदै नीति बिधिमा सञ्चालन गर्न दोश्रो पटक संस्थाको बिनीयम पूर्ण लेखन, ऋण लगानी तथा अशुली कार्यबिधी लगायत थप अन्य निर्देशिका र आबश्यक निती तथा कार्यबिधीमा समेत छलफल गरी पारित गरियो ।
उद्घाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का पुर्ब अध्यक्ष एवं मुख्य प्रशिक्षक सहकारी अभियन्ता सुदिप ढकालले सहकारी के–के काममा नराम्रो गर्यो भने के के असर पर्छ ? र पहिले को सहकारी र हालको सहकारीमा भएको फरक सम्बन्धी प्रष्ट पार्नुहुँदै २०÷३० जनाको सहभागीतामा दिइने यस्ता तालिम आज यति ठूलो मासमा दिन पाउदा खुसी ब्यक्त गर्नुभयो । उहाँले अहिले सहकारीमा नया नियम आएकोले केही समस्या आउन सक्छ तर हाल फेवाले बोनस बाँड्न नमिल्ने भएको यो ठूलो कुरा नभएको प्रष्ट पार्नुहुदै आज भन्दा ३÷४ बर्ष पहिले नै कास्कीका धेरै सहकारीमा भएको बताउँदै भाका नागेको ऋण बढि भऐको भएता पनी खराब ऋण यस सहकारीमा नभएको तर हाम्रा धेरै सदस्यहरूले सहकारी जाँदैछन तर बैक जाने भन्छन त्यो हुनुहुन्न भन्नुभयो ।
कार्यक्रममा नीर्बाचन समितिका संयोजक एवं सहकारीका कानुनी सल्लाहकार पुष्पराज दहाल, सदस्य कास्की बचत तथा ऋण सहकारी संघ लि. का कोषाध्यक्ष भोजराज घिमिरे र सदस्य राम बजार सोसाइटी यूकेका संस्थापक उपाध्यक्ष रूपक गुरूङ रहेको निर्बाचन उप समितीले मनोनयन दर्ता गराउदा सबै पदमा निरबिरोध भएको घोषणा गर्दै अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, उपाध्यक्ष शेरकाजी गुरूङ, सचिब दिल बहादुर भटराई, कोषाध्यक्ष पुर्ण भद्र अधिकारी र सदस्यहरूमा किरण बिजुक्छे, योगराज पौडेल, क्या. श्याम बहादुर गुरूङ, तिलु गुरूङ र बिष्णु प्रसाद गुरूङ निर्बिरोध निर्बाचित हुनु भएको उक्त समितीको लेखा सुपरिबेक्षण समितीको संयोजकमा श्याम गुरूङ र सदस्य हरूमा चक्रपाणी दाहाल, सकुन्तला के सी निर्बिरोध निर्बाचित भएको उद्धोषक गर्नुहुदै गोपनियताको सपथ ग्रहण गराइ सम्पन्न गर्नु भयो ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरू सम्मान गर्ने बिधामा उत्कृष्ट ऋण सदस्यमा चन्द्र कुमारी धताने र अगन बहादुर धताने, चित्र बहादुर गुरूङ र चोखो माया गुरूङ, पूर्ण कुमार श्रेष्ठ र बिष्णु माया श्रेष्ठ उत्कृष्ट निक्षेपमा महेन्द्र बजीमय र सुनिता मल्ल बजीमय, बुद्ध बहादुर उदास र सुमित्रा उदास त्यसै गरी उत्कृष्ट उप समिती मा बम बहादुर गुरूङ र मुना गुरूङ, शक्त बहादुर कुवर र सरस्वति कुवर त्यैसै गरी अग्रज सदस्यमा सुक बहादुर तामाङ र बिम माया तामाङ समेत का लाई दोसल्ला, टिका, मायाको चीनो, नगद र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
उक्त साधारण सभा कार्यक्रममा पोखरा महानगरपालिका वडा समिति कार्यालय वडा नं २३ का अध्यक्ष रामकाजी गुरूङ, जिल्ला बचत तथा ऋण सहकारी संधका कोषाध्यक्ष भोजराज धिमिरे, सहकारी संग आबध्ता शियर सदस्यहरूमा तमु सास्कृती नेपालका अध्यक्ष श्रीजंग गुरूङ, नेपाल रेडक्रस सोसाइटी पोखरा १० का सभापति जीबन श्रेष्ठ, श्री रमा भगबती सिं गुठीका कार्यबाहक नायोः भरत कुमार तझ्या लगायतका बक्ताहरूले आ आफ्नो मन्तब्य राख्नु हुदै साधारण सभाको शुभ कामना दिनु भयो । कार्यक्रममा सहकारीका सात सिद्धान्त बाचन सस्थाका सदस्य तिलु गुरूङले बाचन गर्नु भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष शेरकाजी गुरूङले उपस्थित सबैलाइ स्वागत गर्नु भएको उक्त कार्यक्रमको संचालन सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेल र प्रबन्धक जगन तिमिल्सिनाले संयुक्त रूपमा संचालन गरेका थिए ।






