कांग्रेसको १५औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापाको कास्की–२ बाट ३५ वर्षमुनिको प्रतिनिधित्वको तयारी

-


     पोखरा क्लिक     
     असाेज ८ गते २०८३ मा प्रकाशित


पोखरा,

व्यवसायिक क्षेत्रमा सक्रिय युवा सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं.२ बाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आफूलाई प्रस्तुत गर्ने तयारी गर्नुभएको छ। पार्टीमा नयाँ पुस्ताको सहभागिता र उपस्थिति बढाउनुपर्ने धारणा राख्दै थापाले आफ्नो राजनीतिक यात्रालाई नीतिगत सुधार, नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणसँग जोड्नुभएको हो।

उहाँले अग्रज पुस्ताले पार्टी निर्माणमा पुर्‍याएको योगदान, संघर्ष र अनुभवप्रति सम्मान व्यक्त गर्दै त्यसबाट प्राप्त अनुभवलाई नयाँ पुस्ताको ऊर्जा, सोच र प्रविधिसँग जोडेर पार्टीलाई थप गतिशील बनाउनुपर्ने बताउनुभएको छ। थापाको राजनीतिक यात्रालाई उहाँको व्यवसायिक पृष्ठभूमिसँग पनि जोडेर हेरिएको छ। पोखराको व्यवसायिक क्षेत्रमा सक्रिय उहाँ अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक हुनुका साथै पोखरा ट्रेडमल र होटल तथा हस्पिटालिटी क्षेत्रको व्यवस्थापनमा समेत संलग्न हुनुहुन्छ।