पोखरामा हिमालय लाइफ नेपालको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ सामाजिक लेखाजोखा सम्पन्नः

-


     पोखरा क्लिक     
     भाद्र ३० गते २०८३ मा प्रकाशित


पोखरा, भाद्र ३०,

पोखरा महानगरपालिका–१५, नयाँगाउँ, कास्कीस्थित हिमालय लाइफ नेपालको चौधौँ वार्षिक साधारण सभा तथा पाँचौँ सामाजिक लेखाजोखा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। परोपकारी एवं पवित्र नारालाई आत्मसात गर्दै संस्थाको सभाहलमा आयोजित कार्यक्रममा कठिन परिस्थितिमा रहेका बालबालिकाको संरक्षण र विकासमा संस्थाले पुऱ्याएको योगदानको व्यापक समीक्षा गरिएको थियो।

संस्थाका अध्यक्ष बुद्धिवल रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको प्रभावकारी सहजीकरण तथा सञ्चालन संस्थाका कार्यकारी निर्देशक पुष्पराज गिरीले गर्नुभएको थियो। कार्यक्रममा कार्यकारी निर्देशक गिरी ज्यूले संस्थागत उपलब्धी, प्रगति विवरण तथा वार्षिक प्रगति प्रतिवेदनहरू औपचारिक रूपमा सभासमक्ष पेश गर्नुभएको थियो। त्यसैगरी, कार्यक्रममा संस्थाका कोषाध्यक्ष मिलन केसी ज्यूले संस्थाको यस आर्थिक वर्षको आय(व्यय विवरण, वित्तीय स्थिति र आर्थिक कारोबारसम्बन्धी आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका गतिविधिहरूको विशेष चर्चा गरिएको थियो। विशेष गरी सडकमा भौंतारिएर हिँड्ने, असहाय तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरूलाई सडकबाट उद्धार गरी आफ्नै बालगृहमा आश्रय दिने कार्यमा संस्थाले प्रशंसनीय काम गर्दै आएको छ। बालगृहमा राखेर उनीहरूलाई गुणस्तरीय शिक्षा, नैतिक संस्कार, स्वास्थ्योपचार र उज्यालो भविष्य निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था मिलाउँदै आएको यस संस्थाले बालबालिकाको मुहारमा खुसी फर्काउन खेलेको भूमिका प्रसंशनीय रहेको कुरा कार्यक्रममा जोड दिइएको थियो।

कार्यक्रमको एक महत्वपूर्ण अङ्गका रूपमा रहेको पाँचौँ सामाजिक लेखाजोखाको सहजीकरण सहजकर्ताको रूपमा डा। बुद्धिबहादुर थापाले गर्नुभएको थियो। लेखाजोखा सहजीकरणका क्रममा संस्थाले समाजमा पुऱ्याएको सकारात्मक प्रभाव, उत्तरदायीपूर्ण कार्यशैली तथा वित्तीय र सामाजिक पारदर्शिताको बारेमा विस्तृत रूपमा प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं। १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले हिमालय लाइफ नेपालले स्थानीयस्तरमा बालबालिकाको क्षेत्रमा निकै ठूलो र उदाहरणीय सामाजिक सेवा गर्दै आएको बताउनुभयो। वडाध्यक्ष बानियाँले संस्थाले सडकका असहाय बालबालिकाहरूलाई समेटेर जुन किसिमको मातृवात्सल्य र शिक्षा प्रदान गरिरहेको छ, त्यो अत्यन्तै सराहनीय रहेको बताउँदै वडा कार्यालयको तर्फबाट आगामी दिनमा पनि संस्थालाई आवश्यक सम्पूर्ण सहयोग, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत हेम आचार्यले आफ्नो मन्तव्य राख्दै शिक्षाको पहुँचबाट टाढा रहेका र सडकका बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउन संस्थाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले बालबालिकाको बौद्धिक र मानसिक विकासका लागि औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा संस्थाले पुऱ्याएको योगदानको तारिफ गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि महाशाखाको सधैँ साथ रहने बताउनुभयो।

राष्ट्रीय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय बाल अधिकृत बद्रीप्रसाद वाग्लेले बाल अधिकार संरक्षण र प्रवर्द्धनको क्षेत्रमा यस संस्थाले गरेको काम राज्यको एक बलियो सहयात्रीको रूपमा रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ूसडकमा अलपत्र परेका बालबालिकाहरूलाई सुरक्षित बालगृहमा आश्रय दिएर उनीहरूको अधिकार र सुरक्षित भविष्य सुनिश्चित गर्ने कार्यमा हिमालय लाइफ नेपालले अनुकरणीय नमुना प्रस्तुत गरेको छ। त्यस्तै, पोखरा महानगरपालिका सामाजिक महाशखा बालकल्याण अधिकारी बेलकुमारी गुरुङले पनि बालबालिकाको हकहित, संरक्षण र उनीहरूको सर्वाङ्गीण विकासका लागि संस्थाले अँगालेको बालमैत्री नीति र सेवाभावको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूमध्ये यो संस्थाले बाल अधिकारको मर्मलाई पूर्ण रूपमा पालना गरेको बताउनुभयो।

कार्यक्रममा संस्थामा आबद्ध बालबालिकाहरू, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, आमा समूहका व्यक्तिहरू, स्थानीय शुभचिन्तकहरू तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो। बालबालिकाहरू पठनपाठन गर्ने विभिन्न विद्यालयहरूबाट समेत विशेष प्रतिनिधित्व रहेको थियो। सोही क्रममा शुभतारा मिसन स्कुलका भाइस प्रिन्सिपलले मन्तव्य राख्दै हिमालय लाइफका बालबालिकाहरू आफ्नो स्कुलमा समेत पठनपाठन गर्ने गरेको जानकारी गराउनुभयो। उहाँले यहाँका बालबालिकाहरू अत्यन्तै सिर्जनशील ९किएटिभ माइन्डका० रहेको र स्कुलमा पठनपाठनदेखि लिएर खेलकुदका हरेक गतिविधिमा ९जस्तै युनिक हक्कीलगायतका खेलहरूमा० उत्कृष्ट प्रदर्शन गर्दै सधैँ अग्रता लिने गरेको बताउँदै बालबालिकाहरूको तीक्ष्ण प्रतिभाको उच्च प्रशंसा गर्नुभयो। उपस्थित वक्ताहरूले संस्थाले अगाडि बढाएका यस्ता पवित्र कार्यहरूलाई आगामी दिनमा अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले संस्थाको हालसम्मको प्रगतिको समीक्षा गर्नुका साथै आगामी दिनका लागि नयाँ कार्ययोजना तथा रणनीतिहरू पारित गर्दै भव्यताका साथ सम्पन्न भएको छ।