एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डलाई इम्बार्क कलेजको साथ,एक जना खेलाडीले १८ लाख सम्मको छात्रवृत्ति पाउने

-


     पोखरा क्लिक     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ ०४,

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन गईरहेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण यही भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ । इम्बार्क कलेज अवार्ड कार्यक्रममा’Higher Education Partner’को रुपमा जोडिएको हो ।’Higher Education Partner’ बनेबापत मञ्चले छनौट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति ९अधिकतम १८ लाख सम्मको० प्रदान गर्नेछ । मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप कार्यक्रमहरुमा इम्बार्क कलेजले सहयोग गर्नेछ ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आसिस ठाकुरको तर्फबाट निरज न्यौपानेले हस्ताक्षर गर्नुभयो । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै ठाकुरले आगामि दिनमा सहकार्यलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता जनाउनुभयो । मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

नेपाली खेलकुदलाई उच्च स्थानमा पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम स्पोट्र्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भईसकेको छ । यसपटक फुटबलकी पूजा राना, मिक्सड मार्शल आर्ट्स ९एमएमए० का रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ यो विधाको मनोनयनमा परेका छन् । मनोनयनमा परेकाहरुलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिनेछ । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ मा ९ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथ्लिट अनर र एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड दिइनेछ ।