
पोखरा,
मानवसेवा आश्रम, पोखरा–२५ हेमजामा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आज(शनिबार) समापन हुँदैछ। आश्रमको भवन निर्माण सम्पन्नता, अक्षयकोष श्रीवृद्धि तथा लक्ष्मीनारायण मन्दिर निर्माण सहयोगार्थ आयोजित महायज्ञमा विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूबाट उल्लेखनीय आर्थिक सहयोग जुटेको छ।
महायज्ञ अवधिभर मानवसेवा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै देश–विदेशबाट सहयोगी हातहरू जोडिएका आयोजकले जनाएको छ। यसक्रममा पोखरा–६ बैदाम निवासी पर्यटन व्यवसायी नरेश भट्टराई परिवारले भवन निर्माण सम्पन्नताका लागि रु। ५५ हजार ५ सय सहयोग प्रदान गरेका छन्। चन्द्रकला, नरेश, सौमाया, स्मृति र स्वेता भट्टराई परिवारद्वारा उक्त रकम सहयोग प्राप्त भएको आश्रमका आशिंस गौतमले बताउनु भयो ।
त्यस्तै, पोखरा–११ रानीपौवा निवासी शिखा शेरचन र सोनिया गुरुङले अक्षयकोष श्रीवृद्धिका लागि रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। पोखरा–१९ तल्लाकोट निवासी रमेश के.सी.र भोज बहादुर के।सी।ले अक्षयकोषका लागि रु। ५१ हजार सहयोग प्रदान गरेका छन् भने पोखरा, लेखनाथस्थित लेखनाथ उद्योग वाणिज्य संघले भवन निर्माण सम्पन्नताका लागि रु। ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेको जनाएको छ।
यसैगरी, पोखरा निवासी भरत–रामदेवी पराजुली परिवार, सकुन्तला के.सीं, धनबहादुर–सरस्वती के.सीं.तथा पदमबहादुर–रत्ना थापा के।सी। परिवारले संयुक्त रूपमा अक्षयकोषका लागि रु। १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन्। मोति बहादुर थापाका छोरीहरू कमला कुँवर र रत्ना कुमारी थापा के।सी।ले लक्ष्मीनारायण मन्दिर निर्माणका लागि रु। ४ लाख सहयोग प्रदान गरेका छन्, जुन महायज्ञकै ठूलो सहयोगमध्ये एक मानिएको छ। यस्तै, पोखरा–१५ ढुंगेसाँघुस्थित श्री राष्ट्रिय परोपकार महासंघ नेपालले अक्षयकोष श्रीवृद्धिका लागि रु। १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ भने पोखरा–१४ मनकामनास्थित श्री राष्ट्रिय परोपकार महासंघ र नारी समाजले भवन निर्माण सम्पन्नताका लागि रु। ११ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेका छन्।
महायज्ञमा सहभागी दाताप्रति आयोजकले हार्दिक आभार तथा सम्मान व्यक्त गरेको छ। आयोजकका अनुसार महायज्ञबाट संकलित रकम मानवसेवा आश्रमको पूर्वाधार विकास, आश्रितहरूको सेवा व्यवस्थापन तथा दीर्घकालीन अक्षयकोष निर्माणमा खर्च गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले पोखराक्लिकलाई बताए । मानवसेवा आश्रमले सडक आश्रित, बेसहारा तथा असहाय व्यक्तिहरूको उद्धार र संरक्षण गर्दै आएको छ। महायज्ञ समापन कार्यक्रममा धार्मिक प्रवचन, सम्मान कार्यक्रम तथा सामूहिक आरती गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गरेका छन् । आज शनिबार सार्वजनिक बिदा र महायज्ञको अन्तिम दिन भएका कारण बिहानदेखि दाता सहित दर्शनार्थीको उल्लेखनिय सहभागिता रहेको आश्रमले जनाएको छ ।



