
पोखरा, १ वैशाख,
नयाँ वर्ष २०८३ को अवसरमा पोखराको पर्यटकीय गन्तव्यस्थल सराङकोटमा पहिलो पटक भेगन फेस्ट भव्यताका साथ सम्पन्न भएको छ । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र अन्नपूर्ण केबलकारको सहकार्यमा आयोजना गरिएको सो फेस्टमा एनटीएचएमसीले भेगन खानाको स्टल राखेको थियो ।
फेस्टमा सराङकोट माउनटेन लज, हिमालयन हाइड वे, अन्नपूर्ण भ्यु सराङकोट, होटल मिस्टिक माउनटेन लगायतका प्रख्यात होटलहरुका खानाका स्टलहरु राखिएको थियो ।
पर्यटकको उल्लेख्य सहभागिता
फेस्टमा आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै उत्साहजनक उपस्थिति रहेको थियो । विशेषगरी धार्मिक पर्यटकहरू र नयाँ वर्ष मनाउन आएका आगन्तुकहरूका लागि फेस्ट आकर्षणको केन्द्र बनेको एनटीएचएमसी कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताउनु भयो ।
फेस्टमा भटमास ९सोयाबिन० बाट बनेका तोफुका २७ विभिन्न परिकारहरू मध्ये ८ वटा मुख्य परिकारहरूको प्रदर्शनी र स्वादका लागि राखिएको थियो। कलेजले हालै सञ्चालन गरेको दुई हप्ताको तोफु उत्पादन तालिमका प्रशिक्षार्थीहरूले स्टल सञ्चालन गरेका थिए ।
कतिपय विद्यार्थीले आफ्नै तोफु उत्पादन केन्द्र र रेस्टुरेन्ट खोल्ने इच्छा समेत व्यक्त गरेका रेग्मीले बताउनु भयो । यसले युवाहरूमा उद्यमशीलताको विकास भएको संकेत गरेको उहाँको भनाई थियो । मेलाले पर्यटकहरू माझ भेगन आहारप्रति सकारात्मक चेतना जगाउन सफल भएको छ । उहाँका अनुसार पशु संरक्षण र वातावरण मैत्री जीवनशैलीका लागि यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
फेस्टका मुख्य विशेषताहरू
नयाँ स्वादको अनुभवः पर्यटकहरूले तोफुबाट बनेका विभिन्न परिकारहरू चाख्ने, किन्ने र प्याकिङ गरेर लैजाने गरेका छन्।सहकार्यः सारङकोट माउन्टेन लज, सेन्टारा हिमालयन हाइड वे रिसोर्ट र अन्नपूर्ण भ्यू सारङकोट जस्ता प्रतिष्ठित होटलहरूको समेत यसमा ऐक्यबद्धता रहेको छ।सीप विकासः एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आगामी हप्तादेखि तोफु उत्पादन सम्बन्धी निःशुल्क तालिम सञ्चालन गरिने जानकारी रेग्मीले दिनुभयो ।
भविष्यको योजना
भेगनिज्मलाई एक संस्कृतिका रूपमा प्रवर्धन गर्न हरेक तीन(तीन महिनामा यस्ता मेलाहरू आयोजना गर्ने लक्ष्य राखिएको छ। यसले पोखराको पर्यटनलाई विविधिकरण गर्नुका साथै स्वस्थ खानपानको सन्देश दिने विश्वास आयोजकको छ । नटीएचएमसीका सेफ तथा भाइस प्रिन्सिपल राजकुमार कार्कीले मेलाको मुख्य उद्देश्य बोटबिरुवामा आधारित आहारलाई प्राथमिकता दिने र पशुहरूको सम्मान गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, अहिलेको समयमा दिगो पर्यटनका लागि भेगन आहारको प्रवद्र्धन आवश्यक छ, जसले वातावरणीय सन्तुलन र पशु संरक्षणमा मद्दत र्पुयाउँछ।
अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेले फेस्टमा सहभागि हुनेहरुलाई केबलकारको टिकटमा २५ प्रतिशत छुट दिएको बताउनु भयो । सराङकोटलाई प्रवर्धन गर्नका लागि सो छुट दिएको र पोखरा लेकसाइडबाट निस्शुल्क सटल बस सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार सातामा सोमबार अपरान्ह ४ बजेदेखि ७ बजेसम्म आरती सञ्चालन भइरहेको बताउनु भयो । उहाँले स्थानीय, विद्यार्थी, समूहमा आउनेहरु, जेष्ठ नागरिक र विशेष अवश्थाका नागरिकलाई विशेष छुटको व्यवश्था रहेको बताउनु भयो । होटल मिस्टिक माउन्टेनका दीपक शर्माका अनुसार स्थानीय पर्यटनलाई टेवा पुर्याउन र सराङकोटको मौलिकतालाई आगन्तुकमाझ परिचित गराउन यो कदम चालिएको बताउनु भयो । शर्माले आगामी वर्षहरूमा यसलाई अझै परिष्कृत र ठूलो स्तरमा आयोजना गरिने बताउनुभयो । सराङकोट माउनटेन लजका रेसिडेन्ट म्यानेजर रोजेश श्रेष्ठका अनुसार, मेलामा प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई पूर्णतः निषेध गरिएको र इको फ्रेन्डली सामग्रीहरुः खाना पस्कन टपरी, काठका भाँडाकुँडा र बाँसका चम्चाहरूको प्रयोग गरिएको छ।
यो मेलाले सारङकोटलाई केवल दृश्यावलोकनका लागि मात्र नभई स्वस्थ र अर्गानिक खानपानको गन्तव्यका रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँको छ। अन्नपूर्ण भ्यू रिसोर्टका अपरेशन म्यानेजर मनमोहन रिमालका अनुसार, उहाँको होटलबाट जापानी परिकारहरू सुसी र ओम्नी राइसको स्टल राखिएको थियो। जनावर संरक्षण र मानवीय संवेदनालाई ध्यानमा राख्दै प्लान्ट बेस्ड ९वनस्पतिजन्य० खानालाई प्रवद्र्धन गरिएको रिमालले बताउनुभयो। महोत्सवमा सोया मिल्क ९भटमासको दूध० बाट बनेको चिया र तोफु चिल्ली जस्ता परिकारहरू आगन्तुकहरूले निकै रुचाएका थिए।





