
दीननाथ बराल,
पोखरा ६, भदौ,
पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी हुनु भएको छ । विद्यालयमा हिजो (बिहिबार) बिहानबाट दिउँसो हुदै बेलुकासम्म ३ पटक खाजा तथा खाना खानु भएको विद्यार्थीहरू बेलुका देखि एकाएक बिरामी हुनु भएको हो ।
गण्डकी बोर्डिङमा करिब ५ सय जना बिद्यार्थीहरु आवासीय छात्र–छात्रा रहेकामा ५० प्रतिशत भन्दा बढी विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय र अभिभावक माझ ठूलो त्रास फैलिएको छ । विहिबार बेलुकाबाट बिहानसम्म धेरै बिद्यार्थीहरुमा एकाएक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी हुने, उल्टी हुने, चक्कर आउने लगायतको समस्या भएको स्थानियले पोखराक्लिक समक्ष गुनासो गर्नु भयो । यस बिषयमा बिद्यालय प्रशासनले पनि हालसम्म कारण पक्ता लगाउन सकेको छैन भने खानाबाट कुनै समस्या भएको प्रारम्भिक रुपमा आशंका गरिएको छ । एक स्थानिय अभिभावकका अनुसार खानामा केही समस्या भएको कारण बिद्यार्थीहरुमा फुड प्वाइजनिङ भएको हो ।
बिद्यालयका केही बिद्यार्थीहरुमा पेट दुख्ने कोहीलाई झाडा पखला लाग्ने लगायतको समस्या उत्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयका निमित्त प्राचार्य कृष्णबहादुर थापाले विद्यार्थीहरूले खाजा तथा खाना खाइसकेपछि बेलुकाबाट आज बिहानसम्म करिब १ सय ५० जना भन्दा बढी बिरामी हुनुभएको उल्लेख गर्नुभएको छ । तर बिद्यालयमा २ सय ५० भन्द्या बढी बिरामी भएको दाबी गरिएको छ । बिरामी भएका केही विद्यार्थीलाई उहाँका आफन्तलाई बोलाएर घर पठाइएको छ भने केहीलाई विद्यालयको हेल्थ सेन्टरमा राखिएको थियो । के कारणले गर्दा विद्यार्थीहरु बिरामी हुनु भयो यस बिषयमा बिद्यालयले छलफलमा बसेको र यसको छानबिन गर्ने उहाले बताउनु भयो ।
केही बिद्यार्थीहरुले बेलुका देखि आज साँझसम्म ७÷८ पटकसम्म डाइरिया भएको तर आज साँझ ६ं०० बजे पछि भने धेरैको स्वास्थ्यमा सुधार आउन थालेको बिद्यालयले दाबी गरेको छ । बिद्यार्थीका अभिभावकहरुले भने बिद्यालयलाई उक्त घटनाको बिषयमा सत्यतथ्य छानविन गरी बिद्यार्थीहरुको स्वास्थ्य माथि खेलवाड गर्ने उपर कडा भन्दा कडा कार्वाहीको माग समेत गर्नु भएको छ ।
बिहिबारको खाजा खाना धेरै (हेबि) भएको हुँदा विद्यार्थीहरू बिरामी भएको पनि हुनसक्ने विद्यालयका हेड कुक ख्यामनारायण ढकालले बताउनु भयो । आफूले विगत २३ वर्षदेखि विद्यालयमा हेडकुको रुपमा काम गर्दै आइरहेको उल्लेख गर्दै ढकालले यस विषयमा आफूहरू अन्योलमा परेको जनाउनु भयो । यस बिषयमा अनुसन्धान हुनु पर्ने उहाँको समेत भनाई छ । विहिबार गेडागुडी देखि समोसा भुजा सहितको खाजा समेत व्यबस्था गरिएको थियो भने बेलुका कुखुराको मासु तथा पनिरको समेत व्यबस्था गरिएको हेड कुक ढकालले जनाउनु भयो । मासु खाने र पनिर खाने दुबै बिद्यार्थीहरु एकाएक बिरामी भए पनि आफुहरु नै केमा समस्या भएको त्यसको बिषयमा खोजि गर्न लागेको उहाँले जनाउनु भयो । बिद्यालय तथा होस्टेलको व्यवस्थापन प्रति स्थानियले प्रश्न गर्न थाल्नु भएको छ । तष्विरः फाइल फोटो




