
पोखरा ३, वैशाख,
नेपालमै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन बरिष्ठ स्त्रीरोग तथा निसन्तान बिशेषज्ञ डा.नूतन शर्मा यही वैशाख १३ गते पोखरामा आउनु हुने भएको छ । पोखरा ५ जिरोकिलोमिटरमा रहेको रिजनल हस्पिटल प्रा.लि.मा वैशाख १३ गते शनिबार डा. शर्मा आउनु हुने भएको हस्पिटलले जनाएको छ ।
बाँझोपन सम्बन्धि, ल्याप्रोस्कोपि सर्जरी, आई.भि.एफ. सम्बन्धि, बारम्बार गर्भपात समस्या भएकाहरुको लागि उपचार तथा परामर्श हुने भएको छ । रिजनल हस्पिटलसंग सहकार्य गरी पोखरा र पोखरा आसपासका सेवाग्राहीलाई पोखरामै सेवा दिने उद्धेश्यले वैशाखाको दोश्रो शनिबार पोखरा आउन लागेको डा.शर्माले बताउनु भयो । नेपालको अहिलेको तथ्याङ्कहरुलाई हेर्दा नेपालमा ढिलो विवाह, ढिलो गर्भधारण र बदलिदो जीवन शैलीका कारण महिलाहरुमा बाँझोपन समस्या बढ्दो रुपमा देखिएको तथा बाँझोपन र निसन्तानपन समस्याका कारण कृत्तिम गर्भाधारणतर्फ दम्पतिहरुको आर्कषण बढिरहेको उहाँको भनाई छ ।
कास्की वरिपरिका जिल्लाहरु तनँहु, स्याङ्गजा, पर्वत, बाग्लुङ्ग–बेनि, म्याग्दी लगाएतका अन्य जिल्लाहरुका सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गर्दै पोखरामै बिरामीहरुलाई छितो छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले आफुहरुको रहेको डा. शर्माले जनाउनु भयो ।
आगामी दिनहरुमा पनि रिजनल हस्पिटलले हरेक महिना यस रिजनल हस्पिटलमा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न आफुहरु कटिवद्ध रहेको रिजनल हस्पिटलका प्रबन्ध निर्दशक काडियोलोजिष्ट डा.मनोज कोइरालाले बताउनु भयो । धेरै सेवाग्राहीहरु अनुभवी चिकित्सकको खोजिमा काठमाण्डौं धाउनुपर्ने बाध्यतालाई अब अस्पतालले सम्भव भएसम्म पोखरामा ल्याउने प्रयास गर्ने उहाँले जनाउनु भयो ।





