मंसिर २२ गते देखि लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुने

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८१ मा प्रकाशित


पोखरा ११, मसिर,

कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुकमा यही मंसिर २२ गते देखि हनी हन्टिङ महोत्सव हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका मंसिर २२ देखी २४ गते सम्म महोत्सव हुने तयारी तिव्र पारिएको लान्दुका पोखरा सम्पर्क समितिका अध्यक्ष शुक प्रसाद गुरुङले बताए ।

हरेक बर्ष मौरीको मह काढिँदै आए पनि पछिल्लो समय महोत्सवका रूपमा मनाउदै आएको उहाँले जनाउनु भयो । गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले २६ वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताए ।

यस वर्ष हिउँदसम्मै पानी परेकाले भीरमौरीलाई मह जम्मा गर्न चुनौती भएको अध्यक्ष गुरुङले बताए ।
भिरमैरिको मह राम्रो हुदाँ २ सय लिटर सम्म आउने उनले बताए । त्यसलाई उनीहरुले लिटरका ३ हजार रुपैयामा विक्रि हुदै आएको बताए ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने लान्द्रुकमा अहिले १३ वटा होटल र १० घरमा होमस्टे सञ्चालन छ । महोत्सवमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, पञ्चेबाजा र नौमती बाजा प्रदर्शन लगायतका कार्यक्रम समेत आयोजना गरिएका छन् ।

अन्नपूर्ण आधार शिविर, र लान्द्रुक– घान्द्रुक– घोरेपानी– पुनहिल पदमार्गमा पर्दछ । लान्द्रुकमा हनी हन्टिङ हेरेर घुम्न जान चाहनेलाई ३ वटा पदमार्ग पुग्न सकिन्छ । उक्त भिर मौरीको मह स्वास्थ्यका दृष्टिले निकै महत्व रहेको स्थानियले बताउनु हुन्छ ।