ढिकालेथर महिला बचत सहकारीको १२ औ साधारण सभा

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


पोखरा, ३ कार्तिक,

पोखरा महानगरपालिका वडा नं १२ स्थित ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि.को १२ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । नेपाल बचत तथा ऋण सहकारी संघका संचालक सदस्य कमला गिरी वर्तमान अवस्थामा सहकरीमा देखिएको समस्या र समाधानको वारे चर्चा गरिन् ।

कास्की जिल्ला सहकारी संघ तथा राष्ट्रिय सहकारी बैकका लेखा सदस्य चन्द्रवती पराजुलीले सबै मिली आफ्नो आर्थिक, सामाजिक र सांस्कृति माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिने भनिन् । ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि.कि अध्यक्ष सृजना आचार्य सिग्देलको अध्यक्षतमा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष जमुना आचार्य, सल्लाहकार द्धय कुलप्रसाद दाहाल, बलवहादुर कार्की, शेयर सदस्य भगवती बाँस्तोला र छिमेकी संस्था सुनौलो भविष्य महिला बचत तथा ऋण सहकारी संस्था लि.कि अध्यक्ष प्रतिभा तिमिल्सिना लगायत वोलेको कार्यक्रममा सहकारीका उपाध्यक्ष सीता गौतम दाहालले स्वागत र सचिव प्रभा तिमिल्सिनाले आचार्यले संचालन गरेकी थिइन ।