पोखरामा पहिलो पटक व्युटी तथा कस्मेटोलोजीको पढाइ हुने तयारी

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८१ मा प्रकाशित


पोखरा १९, असोज

पर्यटकीय नगरी पोखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको पढाइ हुने भएको छ । सीटीईभीटीले पोखरामा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाइ सुरु गर्न लागेको हो ।

गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सीटीईभीटीसँग सहकार्य गरेर सीपमूलक शिक्षा प्रदान गर्न लागेको हो । यो कार्यक्रम नेपालमा नौलो हुने संस्थाका अध्यक्ष ध्रुव शर्माले बताए । यो विषयमा छालाको हेरचाह, सौर्न्दर्य, मसाज, नङको हेरचाह, मेकअप, मसाज, थेरापीलगायतमा पढाइ हुने अध्यक्ष शर्माले जानकारी दिए ।


अहिले नेपाली विद्यार्थी ब्युटी एण्ड कस्मेटोलोजी पढ्न इन्डिया, थाइल्यान्ड, अष्ट्रेलिया, दुवइ, अमेरीका, बेलायत जानुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाई छ ।
अब नेपालमै १२ कक्षा सरहको ३ बर्षे डिप्लोमा कोर्स अध्ययन गर्नुपर्ने हुन्छ । अध्ययन सकेपछि नेपालममै स्वरोजगार बन्ने अवसर मिल्ने उनले बताए । विकसित मुलकमासमेत माग र कमाई उच्च भएको उनले बताए । सीटीईभीटीका निर्देशक टैलेन्द्र आचार्यले व्युटी तथा कस्मेटोलोजीमको कोर्ष आवश्यक अनुसार फेरबदल गर्न सकिने बताए । व्युटीसियनका पीएचडी होल्डर राजेश श्रीले कोर्ष तयार गरेको बताउदै उनले अध्यापनबाटै व्युटीसियनको लेभल बढ्ने बताए ।

गुरुङ व्यूटि एकेडेमीका संस्थापक अध्यक्ष चिनु गुरूङले शिक्षासंगै सौन्दर्य शिक्षा पनि अपरिहार्य रहेको बताईन् । ग्राहकको माग र सोसल मिडिया अनुसार आफूहरू सजक गरेहको बताउँदै उनले सौन्दर्य पेशा पनि चुनौतिपूर्ण रहेको बताईन । कोर्ष सामाजिक संजालमा रमाउने व्युटीसियनलाई गतिलो झापड रहेको उनको तर्क छ ।

सौन्दर्यकर्मी पवित्रा घिमिरेले पढाईमा समावेश गरिने विषयवस्तुबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् । गण्डकी प्रदेशमा १४ सय व्युटीसियन व्यावसाय संचालनमा छन् । गण्डकी टेक्निकल ईन्स्टिच्युट प्राविधिक शिक्षालाई जोड दिदै २०६८ मा स्थापना भएको हो ।

६ सेमेष्टर रहेको यस पढाईका लागि ४ लाख ९५ हजार लागत लाग्नेछ । अध्यक्ष शर्माले यसवर्षदेखि नै पढाइ संचालन हुने बताउँदै शनिवार भर्ना हुने विद्यार्थीका लागि २० प्रतिशत छुटको व्यवस्था रहेको बताए । यसको पढाइ गणेशमान बहुप्राविधिक शिक्षालय काठमाडौमा संचालन गरिएको छ भने त्यसपछि पोखरामा मात्र संचालन हुने (नेपालमा दुई ठाउँमा) सीटीईभीटीले जनाएको छ । यो कोर्षको डिजाईन सन् २०१७ मा गरिएको थियो ।



This will close in 20 seconds