विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पर्वतीय दौडसम्मका कार्यक्रम हुने

-


     पोखरा क्लिक     
     असाेज ८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ८, असोज,

यस बर्षको ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको छ । पोखरा पर्यटन परिषदको समन्वयमा विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पर्यटन मन्त्री सहित सातै प्रदेशका पर्यटन मन्त्रीहरुको बैठक, मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम गरि उक्त दिवस मनाईने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

पर्यटन दिवसको अवसरमा पोखरा क्षेत्र केन्द्रित हुने गरी पर्यटकहरुलाई स्वागत सत्कार देखि मिनि सडक महोत्सव, पर्वतीय दौड सहितका विभिन्न छलफल एवं अन्तरकृया कार्यक्रम हुने भएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । रेवान पोखराको आयोजनामा असोज ११ गते पोखराको अम्बोट देखी वाराही चोकसम्म साँझ ४ः३० बजे देखी मिनि सडक महोत्सव हुने भएको छ । महोत्सवमा बाजा गाजा सहित विभिन्न साँस्कृर्तिक कार्यक्रमहरु समेत प्रर्दशन गरिने भएको छ । सडकमै खाउ, सडकमै रमाउ भन्ने उद्धेश्य साथ आयोजित यस कार्यक्रमले आन्तरीक तथा वाह्य पर्यटनलाई पोखरा भित्रयाउन महत्वपुर्ण भुमिका खेल्ने रेवान पोखराका महासचिव बिरेन्द्र शेरचनले बताउनु भयो । साथै सोहि दिन साँझ पोखराको फेवाताल किनारामा तालवाराही महाआरती हुने भएको उहाँले जनाउनु भयो ।

असोज १२ गते पोखराको शान्ती स्तुप र बुद्धंपाकलाई जोडने गरी पोखरा क्लिकको आयोजनामा पोखरा पर्यटन परिषद सगको सहकार्यमा प्रथम खुल्ला पर्वतीय दौड प्रतियोगिता समेत आयोजना हुने भएको अध्यक्ष पहारीले जनाउनु भयो । असोज ११ गते शुक्रवार पर्यटन दिवको पूर्व सन्ध्यामा गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका सगको सहकार्य एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धन तथा पोखरा पर्यटन परिषद्को आयोजनामा ४५ औं विश्व पर्यटन दिवस पर्यटन र शान्ति भन्ने मुल नाराका साथ मनाउन लागेको हो ।

असोज ९ गते गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा “पोखरा पर्यटनको राजधानी नीति संवाद कार्यक्रम“ आयोजना गरिएको छ । कार्यक्रममा सातै प्रदेशका पर्यटन मन्त्रीका साथै संघिय सरकारका पर्यटन मन्त्री र पर्यटन व्यवसायीहरु बिच सो संवाद कार्यक्रम हुने भएको अध्यक्ष पहारीले जनाउनु भयो । असोज ९ गते भिटोफ गण्डकी प्रदेशको आयोजनामा व्यवसायी, पत्रकारहरु सहित ग्रामीण पर्यटन प्रवर्द्धन तथा कला सस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पोखरा १९ मा रहेको रिन्जे नासा होमस्टेमा एक रात दुई दिने घरवास कार्यक्रम आयोजना गरिएको छ ।

असोज १० गते टान गण्डकीको आयोजनामा व्यवसायीहरु, र पत्रकारहरु सहितको पोखरा मोरिया लप्सीबोट भुकदेउराली सम्मको १ रात २ दिने पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । विश्व पर्यटन दिवसका दिन असोज ११ गते पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखी पोखरा अन्तराष्ट्रिय विमानस्थल सम्म पर्यटक बहान रÞ्याली गरिने भएको छ ।

असोज ११ गते उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित पर्यटकीय संघ संस्थाहरुले पोखरा अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई खादा, बाजागाजा सहित स्वागत सम्मान गरिने भएको छ । नाट्टा गण्डकीको आयोजनामा पोखरा ०६ स्थित नारश्वेर चोकमा सोही दिन बिहान रक्तदान कार्यक्रम समेत आयोजना गरिएको महासचिव जीवनराम सापकोटाले जनाउनु भयो । असोज ११ गते पोखरा पर्यटन परिषद्को आयोजनामा शान्ति र पर्यटन शिर्षकमा टंक शो कार्यक्रम पोखरा ६ स्थित अम्बोट, लेकसाइडमा आयोजना गरिने भएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेशका उद्योग पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरूङले स्थानिय, प्रदेश, संघ सरकार बिचको सहकार्यमा यस बर्ष पर्यटन सम्बन्धि विभिन्न कार्यक्रम हुने भएको बताउनु भयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा परेको असर प्रायः एक बर्ष भित्र सहज हुने गरेको भए पनि पोखरा क्षेत्रमा भने दुई बर्ष वित्दा पनि सहज नभएको जनाउनु भयो । राजनीतिक कारणल गर्दा चाहिने नचाहिने स्थानमा बजेट विनियोजन भएकोले बोर्डले धेरैको आलोचना खेप्नु परेको उहाँले सुनाउनु भयो । चालु बर्षको बजेट बनाउदा किटान सहित बजेट ल्याउन प्रयास गर्ने सिइिओ जोशीले जनाउनु भयो ।

पोखरामा सोलो प्याराग्लाईडिङ संचालनमा पहल हुँदै आएको परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । उक्त दिवसले पोखरा सहित नेपालको पर्यटन प्रबर्द्धन हुने उहाँले बताउनु भयो । पर्यटन बोर्डको मुख्य उद्वेश्य के हो चौतारा, बाटो निर्माणमा बजेट विनियोजन गरेकोले पर्यटन प्रबर्द्धन हुने कार्यक्रम ल्याउन उहाँले आग्रह गर्नु भयो । किटान सहित बजेट विनियोजन गर्न निवर्तमान अध्यक्ष श्रेष्ठले बोर्ड समक्ष माग गर्नु भयो ।

प्रदेशका अन्य जिल्लामा नेपाल पर्यटन बोर्डले प्रथामिकता दिने गरेको वोर्ड गण्डकी प्रदेशका अधिकृत कुन्दन अर्यालले बताउनु भयो । पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्णप्रसाद दवाडीले पोखरामा संघिय पर्यटन मन्त्री सहित प्रदेशका मन्त्री आउने कोषेढुगाा सावित हुने बताउनु भयो ।