
पोखरा ७, असोज,
“सुखी सदस्य, दिगो सहकारी” को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्तावर सदस्यहरुलाई ९.४८% शेयर लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
त्यसैगरि कारोबारको आधारमा बचत तर्फको कारोबारमा २.१३ प्रतिशत र ऋणतर्फको कारोबारमा २.२३ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तीन वटा एकाई सभाहरु मार्फत सञ्चालन गरिएको वार्षिक साधारण सभा २०८१ असोज ३ गतेदेखि शुरु भई असोज ७ गते एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणिकरण सभागरि सम्पन्न भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनु भयो । सभाले सदस्यहरुबाट प्राप्त सुझावहरुलाई मार्गदर्शनको रुपमा ग्रहण गर्ने, नियामक निकायबाट जारी निर्देशनको पालना गर्ने, सुखी सदस्य दिगो सहकारीको परिकल्पनालाई साकार पार्ने, वित्तीय सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने, नीति,विधी र प्रविधीको उच्चतम प्रयोग गर्ने, वर्तमान असहज वित्तीय अवस्थालाई अवसरमा बदल्ने र पोखरा रोयल सहकारीलाई समुदायको पहिलो रोजाईको संस्था बनाउने जस्ता संकल्प प्रस्तावहरु पारित गरेको छ । यसरी नै संस्थाले सदस्य वृद्धि, बचत वृद्धि, ऋण वृद्धि र कूल वासलात वृद्धि गर्न मिसन १०० जस्ता गतिविधी गर्ने समेत सभाले निर्णय गरेको छ ।
यसै बीच सभाले उत्कृष्ठ कारोबार गर्ने सदस्य, उत्कृष्ठकार्य गर्ने कर्मचारी र सहकारी अभियानमा योगदान गर्ने अभियन्ताहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग वर्ष २०२४ को उत्कृष्ठ सिईओ (नेफ्स्कून) घोषणा, केशवप्रसाद ढकाल कास्की बचत तथा ऋण सहकारी संघको लेखा समितिको संयोजकमा निर्वाचित, मूख्य प्रवन्धक मीलन ढकाल, प्रवन्धक परमेश्वर दाहाल र अधिकृत उमनाथ आचार्यलाई २५ वर्ष सेवा गरे वापत रजत सेवापदक, अधिकृत विजया श्रेष्ठ, सुपरिवेक्षक मन्जु दाहाल र म्यासेन्जर पूजा गुरुङ्गलाई दशक सेवा पदकबाट सम्मान गरिएको छ । त्यसै गरि मदनकुमारी गुरुङ्ग र झमान सिंह गुरुङ्गलाईवर्ष उत्कृष्ठ सदस्य र म्यासेन्जर संगीता गुरुङ्ग वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित हुनु भएको छ ।
त्यसै गरि लघु बचत समूह तर्फबाट उत्कृष्ठ हुने केन्द्रहरुमा स्वाभिमान रोयल केन्द्र, वन पोखरी रोयल केन्द्र र अम्बिका रोयल केन्द्र रहेका छन् भने उत्कृष्ठ सेवा केन्द्र तर्फ दुलेगौंडा सेवाकेन्द्र र उत्कृष्ठबाल बचत तर्फ रोवेन थापालाई नगद र प्रमाणपत्रबाट सम्मान गरिएको सूचना अधिकारी ढकालले बताउनु भयो । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणिकरण सभामा उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्ग, सचिव केशवप्रसाद ढकाल, लेखा समिति संयोजक हर्क बहादुर गुरुङ्ग, प्रमुख कार्यकारी अधिकृत भीमगुरुङ्ग, सल्लाहकार एक नारायणशर्मा ढकाल, मूख्य प्रवन्धक मीलन ढकाल तथा युवा उपसमिति संयोजक रोजिना श्रेष्ठ लगायतका वक्ताहरुले समितिको प्रतिवेदन, एकाई सभाको जानकारी र समसामयिक विषयमा प्रस्ट पार्नु भएको थियो । हाल संस्थाको सदस्य ९,३५६ जना रहेको छ भने संस्थाको कूल वासलात २ अर्ब ५२ करोड बराबरको रहेको छ ।




