
दीननाथ बराल,
पोखरा १, जेठ,
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री राजीव गुरुङ(दिपक मनाङे) ले आफ्नो मन्त्रालयमा बजेट माग्न आउनेहरुलाई सिधै मुख्यमन्त्री र अर्थ मन्त्री समक्ष बजेट माग गर्न आग्रहःगर्नु भएको छ । आउदो बर्षको लागि अप्रयाप्त बजेटको सिलिङ दिएकोले आउदो आर्थिक बर्षको बजेट माग्न आउनुहरुलाई मुख्यमन्त्री र खर्च मन्त्री समक्ष जानको लागि मन्त्रीको सचिवायले आग्रह समेत गरेको छ ।

अघिल्लो बर्षको तुलनामा केहीे बजेटको सिलिङ घटेकोमा आज जनताको आवश्यक पर्ने भौतिक पूर्वाधारका विकासको लागि अब मुख्यमन्त्री र अर्थमन्त्रीले त्यसको बजेट विनियोजना सहितको बजेट व्यबस्था गर्नुपर्ने मन्त्रीको सचिवायले एक सूचना टास गरी आफ्नो मन्त्रालयमा आएकाहरुलाई मुख्यमन्त्री र अर्थ मन्त्री समक्ष जान आव्हान गरिएको पोखराक्लिकलाई सचिवालयले जनाएको छ । मन्त्रीको सचिवालयको बाहिर टास गरिएको सूचना जस्ताको तस्तै तलः प्रस्तुतः गरिएको छ ।

अनुरोध ! अनुरोध !!अनुरोध
मुख्यमन्त्री कार्यालयबाट आगामि आ।व। को लागि तोकिएको बजेटको सिलिङ गत वर्षहरुका बहुवर्षिय योजनाहरुद्वारा सिर्जित दायित्व पुर्तिका लागि समेत अपर्याप्त रहेकोले यस मन्त्रालयबाट आगामि आ।व। का लागि कुनै पनि नयां योजनाहरु छनोट गर्न नसकिने ब्यहोरा माननिय मन्त्रीज्यूको निर्देशनानुसार अनुरोध छ । यसबाट सेवाग्राहिमा पर्न जाने असुविधा प्रति मन्त्रालय परिवार क्षमाप्रार्थी छौं ।
नोट ( नयां योजना मागको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयमा सम्पर्क गर्नुहोला ।
माननिय मन्त्रीज्यूको सचिवालय कार्यालयको ६ अर्ब ३९ करोड ४७ लाख २० हजार राजस्व संकलन गर्ने वार्षीक लक्ष्य रहेको छ ।







