पोखरामा पनि नर्सिङ दिवस मनाइयो

-


     पोखरा क्लिक     
     वैशाख ३१ गते २०८१ मा प्रकाशित


पोखरा १० रामघाटमा रहेको त्रिभुवन विश्व बिद्यालय चिकित्सा अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा नर्सिङ दिवस मनाइएको छ । विश्व नर्सिङ दिवसको अवसरमा आइतबार क्याम्पसमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको पुष्पा शर्माले बताउनु भयो ।

क्याम्पस प्रमुख नीता ताम्राकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सा.प्रा. शारदा शर्मा, सा.क्याम्पस प्रमुख तथा सचिव नान कार्की लगगायले नर्सिङ सेवाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित नाटक, पोष्टर प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता समुहगत रुपमा भएको थियो ।