विहिबार देखि पोखरामा मोहन स्मृति विद्यालय स्तरीय राष्ट्रिय तथा पोखरा वडा स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     वैशाख २५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २५, वैशाख

पोखरामा विहिबारदेखि विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समिति र मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा विहिबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा तेश्रो संस्करणको मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यही बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयस्तरीय (मावि तथा प्रावि स्तरीय ) सँगै महानगर वडास्तरीय विभिन्न उमेर समुहको छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुने भएको फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले बताउनु भयो । मावि स्तरको यू–१९ छात्र एकल तथा छात्रा एक तर्फको प्रतिष्प्रर्धा हुने भएको छ भने विजेता खेलाडीले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुने १० हजार प्राप्त गर्नु हुने भएको छ । प्रावि स्तरिय विजेता तथा उपविजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।

त्यसै गरी पोखरा महानगर वडा स्तरिय प्रतियोगितामा एकल महिला तथा पुरुष एवं महिला तथा पुरुषको डवल्स तर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुने १० हजार प्राप्त गर्नु हुने भएको छ ।

खेलाडी उत्पादन गर्ने उद्धेश्यले महानगरले यस बर्ष उक्त प्रतियोगितालाई ४ लाख रुपैया बजेट विनियोजन गरेको समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न १४ लाख ४५ हजार खर्च हुने भएको क्लवले जनाएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका करिब ३ सय जना खेलाडीहरु सहभागि हुने भएको क्लवका सचिव बरदान लामाले पोखराक्लिकलाई जनाउनु भयो ।