मञ्चका पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापक श्रेष्ठलाई सम्मान

-


     पोखरा क्लिक     
     वैशाख ३१ गते २०८३ मा प्रकाशित


पोखरा, वैशाख ३०,

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आफ्नो संस्थागत विकासमा योगदान पु¥याएका पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापक सन्देस श्रेष्ठलाई सम्मान गरेको छ । दशौं रारा पोखरा स्पोट्र्स अवार्ड २०८२ को पूर्व अवसरमा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष विनोद लामिछाने, प्रेमरानायण न्यौपाने, एकराज गिरी र दीननाथ बराललाई सम्मानपत्र सहित दोसल्ला र माला लगाएर सम्मान गरेको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचन र मञ्चका अध्यक्ष यामबी आस्था मगरले संयुक्त रूपमा सम्मानित व्यक्तिहरुलाई सम्मान गर्नु भएको हो । मञ्चले आज (बुधबार) पोखरामा आयोजना गरेको पोखरा स्पोट्र्स टुरिज्म कन्क्लेभ कार्यक्रममा उक्त सम्मान प्रदान गरीएको महासचिव परशुराम शर्माले जानकारी दिनुभयो । पोखरा पर्यटन परिषदको सहकार्यमा मञ्चले गण्डकी प्रेस रजिष्टारको सहयोगमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

उक्त अवसरमा १० वर्षसम्म नव प्रतिभावान तर्फको पुरस्कार प्रयोजन गर्ने सहारा क्लवलाई पनि प्रशंसा पत्रमार्फत सम्मान गरिएको थियो । मंचले पोखरा इभेण्ट सेन्टरमा भोलि(विहिबार) १० औं संस्करणको रारा पोखरा स्पोट्र्स अवार्ड आयोजना गर्ने भएको छ । संस्थातर्फ सहारा क्लब पोखरा र टाइगर ग्रुप अफ पोखरालाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचन र मञ्चका अध्यक्ष एमबी आस्था मगरले सम्मान गर्नु भएको हो । कार्यक्रमा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, हिमश्री फुड्स प्रालि र गुरुङ गहना घर प्रालिलाई प्रसंसुा पत्रले सम्मान गरिएको थियो ।