
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट नेपाली काँग्रेस र नेकपा एमालेले संयुक्त उम्मेदवारी दर्ता गराए भने नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले छुट्टाुछ्टै उम्मेदवारीको मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।

पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन । गण्डकीमा दुई पटका लागि ६ जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचनका लागि महिला समूहमा नेकपा(एमाले) बाट सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट गोमा घिमिरे र जनमोर्चाबाट लक्ष्मी बास्कोटाले उम्मेदवारी दर्ता गराउनुभयो । यसैगरी अन्य समूहमा नेपाली काँग्रेसबाट जगत तिमिल्सना, नेपाली कम्युनिष्ट पार्टीका कपिल लामा र राष्ट्रिय जनमोर्चाका शंकर बरालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।




