पोखराको पुरानो टुडिखेल मैदानमा तमु ल्होसार महोत्सव जारी

-


     पोखरा क्लिक     
     पौष १५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १५, पुस

गुरुङ (तमु) समुदायहरुको महान पर्व तमु ल्होछारको अवसर पोखराको पुरानो टँुडिखेलमा बिगमार्ट तमु ल्होसार महोत्सव जारी रहेको छ । तमु धिं नेपालको आयोजनामा सोमबार देखि सुरु भएको महोत्सवको आज दोश्रो दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहितको प्रतियोगिताहरु जारी रहेको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले बताउनु भयो ।

तमु ल्होछार महोत्सव २०८२ पहिलो पटक आयोजना गर्दा महोत्सवमा पहिलो र आज दोश्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको उहाँले बताउनु भयो । सर्प वर्ग (सप्री ल्हो) समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा एक आपसमा शुभकामना समेत आदान प्रदान गरिएको छ । पुस १५ गते गाउँ–घरमा धुमधामका साथ मनाइने परम्परालाई निरन्तरता दिँदै, तमु समुदायको सांस्कृतिक राजधानी मानिने पोखरामा भोलि बुधबारसम्म विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम सहित महोत्सव सञ्चालन हुने भएको छ ।

महोत्सवमा गुरुङ समुदायको मौलिक संस्कृति झल्किने विविध सांगीतिक तथा नृत्य प्रस्तुति, परम्परागत पोशाकका झाँकी, खेलकुद प्रतियोगिता र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने आकर्षक कार्यक्रम समावेश गरिएका छन्। महोत्सवले राष्ट्रिय एकता, सांस्कृतिक सद्भाव र स्थानीय व्यवसायलाई समेत सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जुनाकुमारी तमुले बताउनु भयो । यसैबिच, सोमबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त महोत्सवको उद््घाटन गर्नु भएको थियो ।