
पोखरा, १० पुस,
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभामा सहकारीमा घट्दो विश्वास, गैरबैंकिङ सम्पत्ति बढ्दो जोखिम, ऋण असुलीको चुनौती र सेयर सदस्य घटेको अवस्था प्रमुख एजेन्डाका रूपमा प्रस्तुत भएको थियो ।
कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालय, गण्डकी प्रदेशका उप–न्यायाधिवक्ता स्वतन्त्र न्यौपाने प्रमुख अतिथि रहेको थियो भने पूर्व अध्यक्ष, सल्लाहकार, संस्थापक, सहकारी अभियन्ता, सहकारीकर्मी तथा शेयर सदस्यको सहभागीता रहेको थियो। कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको सचिव आशोक पौडेलले बताउनु भयो । सभाले संस्थाका अध्यक्ष सुर्यप्रसाद पौडेलकी स्वर्गीय माताको १०औँ पुण्यतिथिमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार पछिल्लो वर्ष सहकारी क्षेत्रमा विश्वासको खडेरी देखिएको छ। संस्थाले १ करोड ३० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ ऋण राखेको छ, जसले ऋण असुली र लगानी पुनर्प्रवाह कठिन बनाएको छ । कोषाध्यक्ष होमराज भट्टराईले संस्थाको वित्तीय अवस्थाबारे प्रस्तुत गर्दै भने—“५८ प्रतिशत तरलता भए पनि लगानी दबाव बढ्दो छ। ऋण लगानी गरी आम्दानी वृद्धि गर्नु पर्ने अवस्था छ।”
अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा संस्थाको तरलता ४२.४७ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१÷८२ मा ५८.८९ प्रतिशत पुगेको छ। तर सेयर सदस्य संख्या १७६७ बाट घटेर ११९३ पुगेको तथ्य प्रस्तुत गर्दै सभाले करिब ३२ प्रतिशत सदस्य कमी संस्था–भित्रको चुनौतीपूर्ण संकेत भएको जनाएको छ । संस्थाले गत आर्थिक वर्ष ८५ लाख ५० हजार ५८४ रुपैयाँको खुद नोक्सानी व्यहोरेको छ। कर्जा नोक्सानी कोषमा ४ करोड ६८ लाख बढी, जसले जोखिमयुक्त ऋणको भार संकेत गर्छ।
सञ्चालन आर्जन र खर्चको विवरण यस्तो छः
ब्याज आम्दानी रु २,२४,५१,८७२
ब्याज खर्च रु ८७,३१,२७४
संचालन आम्दानी रु ८,४५,०८७
संचालन खर्च रु ४५,०२,११७
मुख्य वित्तीय सूचकांक आ.व. २०८१र८२०
शीर्षक रकम
शेयरपूँजी रु ६,६४,२८,७००
निक्षेप रु ९,६२,७३,७२७
कर्जा लगानी रु १०,३२,६५,४७१
जगेडा कोष रु १,६७,०९,९५२
खुद नाफारनोक्सानी रु ८९,५०,५८४०
कर्जा नोक्सानी कोष रु ४,६८,१७,२३१।६०
गैर–बैंकिङ सम्पत्ति रु १,२८,२१,३२६
गैर–बैंकिङ सम्पत्ति र जोखिमयुक्त कर्जा तत्काल व्यवस्थित गर्ने, सदस्य घट्दो सेवा र पारदर्शिताबाट भरोसा बढाउने, तरलता बढे पनि लगानी विस्तार आवश्यक कर्जा असुली प्रभावकारी नबने घाटा उकासिन कठिन, पारदर्शिता र अनुशासन कायम गर्दै ऋण लगानी विस्तार तथा जोखिम व्यवस्थापन दुवैलाई सन्तुलनमा राखेर सहकारीलाई पुनः स्थायित्वतर्फ अघि बढाइने कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पोखरेलले बताउनु भयो ।





