पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक

-


     पोखरा क्लिक     
     मंसिर २२ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक परेको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष समेत रहेका थापाका ७३ वर्षीया धर्मपत्नी राममाया थापामगरको आज (सोमबार) निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

क्यान्सर रोगले ग्रस्त राममाया थापामगरको पोखराकै फिस्टेल अस्पतालमा उपचारकै क्रममा निधन भएको संगठनले जनाएको छ । अहिले राममायाको शव पोखराकै पुरानो एअरपोर्ट नजिकै घरमा राखिएको छ । उनको भोलि (मंगलबार) विहान मगर संस्कार अनुसार बुद्ध अघौं सदन रामघाटमा दाहसंस्कार गरिने भएको छ । बिहान १०ः०० बजे उहाँको निवास पुरानो एयरपोर्ट देखि शय यात्रा हुदै पोखरा रामघाटको बुद्ध सदनमा अन्त्यष्टि गरिने भएको छ ।

थापामगरको असामयिक निधन प्रति समाजवादी प्रेस संगठन, प्रेस सेन्टर कास्की, फोनिज लगायत पत्रकारका विभिन्न संघ संस्थाले दुख व्यक्त गर्दै संगठनहरुले शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।