संकल्प सहकारीमा सावित्री बरालको नेतृत्व

-


     पोखरा क्लिक     
     असाेज २२ गते २०८२ मा प्रकाशित


पोखरा, २२ असोज,

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सवित्री बराल सिग्देल निर्वाचित भएकी छन् । संस्थाको १६ औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले सिग्देलको नेतृत्वमा ९ सदस्य कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा मुकुन्दराज पौडेल, सचिव मधु अधिकारी, कोषाध्यक्ष हरिप्रसाद बराल, सहसचिव मिना बराल आचार्य निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा रामचन्द्र बराल, कल्पना शर्मा, पुष्पराज बराल र मेघनाथ गिरी रहेका छन् । साथै लेखा सुपरिवेक्षण समिति संयोजकमा सूर्य प्रसाद बराल सहित सदस्यमा दुर्गाराज बराल र रामनाथ पौडेल निर्वाचत भए ।
संस्थाका सल्लाहाकार विश्वेश्वर पराजुली संयोजक, सदस्यहरु लोकमाया बराल र उदयराज अधिकारीको ३ सदसिय निर्वातन समितिले निर्वाचन प्रक्रिया मार्फत निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

यस अघि सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी आफूलाई जोखिमरहित राख्न सकेको बताए । उनले वितिय संस्था संग सहकार्य गर्न वडा सधै तयार रहेको बताए । शेयर सदस्यहरुले सहकारीबाटै कारोबार गरेर संस्थालाई मजवुत बनाउन लाग्नुपर्ने उनले सुझाव दिए । कार्यक्रममा संस्थाका सल्लाहाकार एवम् संस्थापक अध्यक्ष विष्णुहरि बराल, नि।अध्यक्ष सरोज नारायण बराल लगाएतले शुभकामना दिए ।

सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने अम्बिका सापकोटा र पवित्रा पौडेल एवम् संस्थामा लामो समय लेखासमितिमा रहेका कार्य गर्नु भएको सूर्यनाथ भट्टराईलाई सम्मान गरिएको थियो । संस्थाको कोषाध्यक्षको प्रतिवेदन हरिप्रसाद बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरे । संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उपाध्यक्ष सावित्री बराल, र संचालन सचिव नरेशप्रसाद बरालले गरेका थिए । संस्थामा हाल ८७ महिला र १३७ जना पुरुष गरि कुल २२४ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी २ करोड ८ लाख ६२ हजार ६ सय कायम रहेको छ ।