
पोखरा,
कास्की कारागारबाट कबिर ९ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । जेनजी आन्दोलनका आन्दोलनकारीले मंगलबार कारागार तोडफोड गरेसंगै कैदीबन्दी भगाएका हुन् ।
जेनजी प्रदर्शनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सम्मको सूचना आएसंगै प्रहरीले सुरक्षा कडा पारेको थियो हजारौं सहभागि आन्दोलनकारी बिरुद्ध प्रहरीको केही लागेन । मंगलबार साँझ जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले पोखराक्लिकलाई जनाएको छ ।
जेनजी प्रदर्शनकारीले कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिट समेत गरेर कैदीबन्दीहरुलाई भगाएको बताइन्छ । कास्की कारागारमा ब्लक (ए) मा ४ सय ६६, ब्लक ‘बी’ मा ४ सय ८० र महिला ब्लकमा ३५ जना गरी ९ सय ८१ जना कैदीबन्दी रहेका थिए ।



