अखिल नेपाल खेलकुद महासंघ गण्डकीको अध्यक्षमा बलराम सुवेदी चयन

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८२ मा प्रकाशित


पोखरा,

अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोस्रो सम्मेलनले बलराम सुवेदी(कास्की) को अध्यक्षतामा ४१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ । त्यसै गरी समितिको उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठ (गोरखा), रुद्रबहादुर पुन (बाग्लुङ), सचिवमा सिद्धान्त गुर्जा मगर (तनहुँ) सह–सचिव केस बहादुर थापा र कोषाध्यक्षमा सर्मीला बास्तोला (कास्की) सर्वसम्मत चयन भएका छन ।

यसैगरी सदस्यहरुमा पासाङ गुरुङ, वामदेव सुबेदी, राजेश गिरी, प्रकास मल्ल, विष्णु सुवेदी,अमोद हमाल,नविन लामीछाने,हर्क बहादुर थापा,मिलन महत, सिताराम विक,विकाश अधिकारी, हिटलर थापा,पवन नेपाली,भेष बहादुर थापा,टोम बहादुर थापा,नारायण खड्का,शरण थापामगर,गणेश केसी,के।पी खनाल,युवराज सुवेदी, रोहीत सुनार, धर्मराज गुरुङ, संजय जैसी, सुसील लामीछाने,सम्भु कुवर,प्रदीप थापा, भुषण थापा,प्रदीप आचार्य,हिमाली रोका,राजु आले,विधान देउजा,राजकुमार कुमाल रहेका छन ।

सम्मेलनको उद्घाटन नेकपा९माओवादी केन्द्र० का उप महासचिव तथा पुर्व गृहमन्त्री शक्ती बस्नेतले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उप महासचिव बस्नेतले खेलकुदका क्षेत्रमा महासंघले गण्डकी प्रदेशमा सबैलाई समेटेर लैजान सफल हुने विश्वास व्यक्त गर्दै नयाँ निर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्यहरू भोजराज पौडेल,अमरदीप पराजुली, लगायतले नयां निर्वाचीत समितीलाई सुभकामना व्यक्त गर्नुभएको थियो ्र गण्डकी प्रदेशका खेलाडीहरुको बाक्लो उपस्थीतीमा कार्यक्रम सम्पन भएको छ ।



This will close in 20 seconds