सरोकारवालाहरुले भने —शान्ति–सुरक्षा बिना दिगो पर्यटन सम्भव छैन

-


     पोखरा क्लिक     
     श्रावण २८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, साउन,

पर्यटनको राजधानी पोखराको दिगो पर्यटन हासिल गर्न शान्ति र सुरक्षालाई पहिलो प्राथमिकता दिनैपर्नेू, पोखरामा बुधबार आयोजित छलफलमा पर्यटन, प्रशासन र सुरक्षा निकायका सरोकारवालाले जोड दिएका छन् । पोखरा भ्रमण वर्ष–२०२५ अभियान अन्तर्गत सुरक्षित पर्यटन, हाम्रो अभियान नारासहित बुधबार पोखरामा भएको कार्यक्रममा सहभागिहरुले आन्तरिक सुरक्षा, पर्यटकमैत्री पूर्वाधार र जिम्मेवार निजी क्षेत्रको सक्रियतालाई सफल पर्यटनको आधार स्तम्भ रहेकोमा जोड दिनु भएको थियो ।

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरोकारवाला, सुरक्षा निकाय र पर्यटन व्यवसायीहरुले दिगो पर्यटनका लागि शान्ति–सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको छ । सरोकारवालाहरुले दिएको सुझावलाई ममन गरी समस्या समाधान गर्नको लागि आवश्यक पहल गर्ने उहाँले जनाउनु भयो । महानरले यस बर्षमा २० लाख पर्यटक भित्राउले लक्ष्य राखेकोमा सबैको साथ र सहयोगले उक्त लक्ष्य पुरा हुने उहाँले विव्वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा पर्यटन परिषद्को समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा पौडेलले निजी क्षेत्रको मनोबल उच्च पार्ने गरी प्रशासन काम गरिरहेको बताउँदै, महिला तथा बालबालिका सम्बन्धी समस्यामा सबै पक्षको सक्रियता आवश्यक रहेको धारणा राख्नु भयो । गण्डकी प्रदेशका प्रहरी प्रमुख ९डिआइजी० दिनेश कुमार आचार्यले विगतका कमजोरी सुधार्दै पोखराको पर्यटन प्रवद्र्धनका लागि आवश्यक सुरक्षा प्रत्याभूति दिने प्रतिवद्धता जनाउनु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले पर्यटकमाथि हुने दुव्र्यवहारमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्दै, हालैका केही आपराधिक घटनामा विशेष सतर्कता आवश्यक रहेको बताउनु भयो ।

परिषदका पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सुरक्षाकर्मीहरुलाई हातहतियार बिना पर्यटक क्षेत्रमा खटाउन र पर्यटन सूचना केन्द्र स्थापना गर्न माग गर्नुभयो। नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले रात्रीकालिन र पूर्णकालीन व्यवसायीहरुले मापदण्ड पालना नगरेको गुनासो गर्नुभयो । वोर्डका पूर्व सदस्य एवं परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटाले पर्यटनमा सुरक्षा महत्वपूर्ण हुने बताउनु भयो । उहाँका अनुसार शान्ति र सुरक्षा बिना दिगो पर्यटनको परिकल्पना गर्न सकिदैन । फ्रान्सका मौरिस हर्जोकले १९५० मा अन्नपूर्ण हिमाल आरोहण भएसंगै नेपालको पर्यटनको ढोका खुलेको सापकोटाले जनाउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि बहादुर बस्नेतले पर्यटक–केन्द्रित सुरक्षा समस्या र चुनौतीका बिषयमा सहजीकरण गर्नु भयो । पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा पर्यटन मैत्री उचित सुरक्षाकर्मी व्याबस्थापन गर्न माग गर्नुभयो । पर्यटक प्रहरी सुदृढीकरण, लेकसाइड, विमानस्थल र बसपार्क क्षेत्रमा सहज वातावरण निर्माण गर्न, रात्रिकालीन सुरक्षा, लेकसाइड, फेवाताल किनारा, बेगनास र साराङकोट क्षेत्रमा संयुक्त गस्ती र सडक–गल्लीमा लाइटिङ सहित सीसी क्यामरा जडान, जल तथा साहसिक गतिविधि सुरक्षा, डुङ्गा÷कयाकिङमा लाइफ–ज्याकेट अनिवार्य, पाइलट÷इन्स्ट्रक्टर लाइसेन्स र उपकरण मापदण्ड पालना, आपतकालीन उद्धार प्रोटोकल, प्राकृतिक जोखिम व्यवस्थापन, मनसुनमा पहिरो–बाढी सचेतना, वैकल्पिक पदमार्ग, प्राथमिक उपचार तालिम, सफाइ र संरचना व्यवस्थापन, तालछेउको फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सहभागिले सुझाव दिनुभयो । उक्त कार्यक्रममा पोखराका मेयर धनराज आचार्य अनुपस्थित हुनु भयो । बिषेश कार्यक्रममा सहभागि हुन मंगलबार काठमाण्डौं जानु भएको उहाँ बुधबार हवाई उडान समयमै नहुँदा उहाँ कार्यक्रममा उपस्थित हुन नसक्नु भएको मेयरको सचिवालयले जनाएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, परिषदका अध्यक्ष तारानाथ पहारी, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार लगायतको सहभागिता रहेको परिषदका महासचिव जीवनराज सापकोटाले जनाउनु भयो ।