डा.धर्मागत भट्टराईको नेतृत्वमा दुर्लभ इम्युन कमी रोगको लक्षण पुनर्परिभाषित

-


     पोखरा क्लिक     
     श्रावण २० गते २०८२ मा प्रकाशित


पोखरा ,

नेपाली चिकित्सक धर्मागत भट्टराईको नेतृत्वमा रहेको अनुसन्धान टोलीले एआरपीसी वान बी डिफिसियन्सी नामक दुर्लभ र गम्भीर प्रतिरक्षा कमजोरी (इम्युन डिफिसियन्सी) रोगको लक्षण पुनर्परिभाषित गर्न सफल भएको छ। भट्टराईको टोलीले लामो अनुसन्धान पछि सी.६४ प्लस–टु टी टु ए नामक आनुवंशिक गडबडीको उत्पत्ति नै नेपाली भौगोलिक स्थान र वंशाणुमा भएको पुष्टि गरेको हो।

प्रतिरक्षा विज्ञानका विशेषज्ञ भट्टराईले यो प्रमाणीकरणका लागि विभिन्न भौगोलिक क्षेत्र र जनजातीय वंशाणुगत अवस्थासँग तुलनात्मक अध्ययन गरिएको जानकारी दिनुभयो। प्रतिरक्षा विज्ञानका विशेषज्ञ भट्टराईका अनुसार नेपालमा पहिलोपटक सन् २०१७ मा यो रोग पत्ता लाग्यो। अनुसन्धान क्रममा सन् २०२४ सम्म आइपुग्दा नेपालमै उही वंशाणुगत त्रुटि भएका १४ जना बालबालिकामा यो रोग पुष्टि भएको छ।

यो उपलब्धिले नेपालमै जन्मिने बालबालिकामा देखिने दुर्लभ इम्युन कमी रोगको प्रारम्भिक पहिचान र उपचार रणनीति बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बाल बाथ रोग बिषेशज्ञ भट्टराईले बच्चामा हुने बाथको रोगको समेत नेपालमै एक र पहिलाको चिकित्सकको रुपमा स्थापित हुनुहुन्छ ।



This will close in 20 seconds