जनप्रिय बहुमुखी क्याम्पसमा तालावन्दी

-


     पोखरा क्लिक     
     फागुन २८ गते २०८१ मा प्रकाशित


पोखरा,

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तालावन्दी भएको छ । चैत ५ गते हुने स्ववियू निर्वाचनको सन्र्दभमा केही बिषयमा असहमती जनादै संयुक्त बिद्यार्थी संगठनलहरुले क्याम्पसमा तालवन्दी गरेको आन्दोलनरत एक बिद्यार्थी सुदिप बरालले बताउनु भयो ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका विपरीतका गतिविधि गरेकोले त्यसको बिरोधमा ३ वटा बिद्यार्थी संगठनहरुले संयुक्त रुपमा बिरोध जनाएका हुन् । निर्धारीत समय विपरित उम्मेदवार दर्ता, निर्वाचन आयोगले कुनै निर्णय लिन नसकी आफु अनुकुलका राजनितिक दलसँग आस्था राख्ने विद्यार्थी सङ्गनसँग परामर्श गर्नु, नियत बस संयुक्त प्यानल दर्तामा अवरोद, निर्वाचन आचार संहिता अनुरूप सङ्गठन तथा उम्मेदवारी दर्ता गरीएको हुँदा ’संयुक्त प्यानले नाम सच्चाउन संयुक्त बिद्यार्थी संगठनले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन(क्रान्तिकारी) जनप्रिय बहुमुखी क्याम्पस, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जनप्रियम बहुमुखी क्याम्पस पोखरा, अखिल नेपाल बिद्यार्थी यूनियन (समाजवादी) जिल्ला समिति कास्कीले संयुक्त रुपमा प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।