आर्शिवाद क्लवको अध्यक्षमा अर्जुन र इन्चार्जमा मनिष

-


     पोखरा क्लिक     
     कार्तिक ४ गते २०८१ मा प्रकाशित


पोखरा, ४ कार्तिक,

पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित आर्शिवाद क्लव अफ नेपालको दोश्रो अधिवेशन तथा तेस्रो साधारण सभाले अर्जुन वराललाई अध्यक्ष पदमा चयन गरेको छ ।

शनिवार भएको साधारण सभाले क्लवको इन्चार्जमा मनिष वराल, उपाध्यक्षमा भिषण वराल, अङित वराल, निसा देवकोटा, सचिवमा शुषान्त वराल, कोषाध्यक्ष शिशिर वराल, सह सचिवमा क्रमश विद्या वराल, सगिता वराल र डिजोन सापकोटा, सह कोषाध्यक्षमा विपना सुनार चयन भएका छन् । त्यसैगरी समग्र विभाग प्रमुखमा आशिष वराल, स्वास्थ्य विभाग प्रमुखमा विनायक अधिकारी, आइटी विभाग प्रमुखमा विश्वास खनाल, खेलकुद विभाग प्रमुखमा सक्रिय वराल, संस्कृति विभाग प्रमुखमा सुजन वराललाई जिम्मा दिएको छ । क्लवको कार्य समितिमा १९ जना सदस्य रहेका छन् । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले आर्वाको विकासमा हामी सबै मिलेर अगाडि बढ्नु पर्ने धारण राखे । क्लवमा आज सम्म समाजमा राम्रो कार्य गर्दै आएकोमा अध्यक्ष वरालले प्रशंसा गरे ।

आर्शिवाद क्लव अफ नेपालका अध्यक्ष मनिष वरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक इन्चार्ज विक्रम वराल, निवर्तमान इन्चार्ज रवि वराल र पत्रकार श्रीराम सिग्देल लगायत वोलेको कार्यक्रममा क्लवका उपाध्यक्ष शुषान्त वरालले स्वागत र सचिव अर्जुन वरालले संचालन गरेका थिए ।