
पोखरा २९, भदौ,
स्याङजाको वालिङ देखि पोखरा हुदै काठमाण्डौंसम्म भोलि देखि अत्याधुनिक सुविधा सम्पन्न भएको बस सेवा सुरु हुने भएको छ । रोयल स्याङ्जाको उक्त बस पृथ्वी राजमार्ग बस संचालक कम्पनीले मार्फत आइतबार देखि नियमित रुपमा संचालन हुने भएको कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो ।
उक्त बस सेवा वालिङबाट बिहान ७ बजे र काठमाण्डौ नयाँ बसपार्कबाट ६ः४५ बजे छुट्ने भएको उहाँले जनाउनु भयो । स्तरीय सुबिधा सम्पन्न २÷१ सोफा, बिस्कुट, फ्रुटि पानी, ब्लैंकेट एयरस्सपेन्स सहित, नम्र बोलि मिठो ब्यबहार सहित को सेवा उपलब्ध भएको कम्पनीका स्याङजा शाखा प्रमुख विमल अर्यालले बताउनु भयो ।
पर्यटकीय नगरी पोखरा क्षेत्रलाई केन्द्रित हुने गरी यस क्षेत्रमा सुविधा सम्पन्न अत्याधुनिक सुविधा भएका बस सेवाले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा थप टेवा पुश्ने अध्यक्ष केसीले विश्वास व्यक्त गर्नु भयो ।
उक्त बस सेवाको भाडा शुल्क भने १ हजार ७ सय रुपैया रहेको छ ।




