एन प्याव्सन कास्कीद्धारा अभिभावकलाई अभिमुखीकरण

-


     पोखरा क्लिक     
     भाद्र १ गते २०८१ मा प्रकाशित


पोखरा, १ भदौ ,

नेशनल प्याव्सन कास्कीले अभिभावकलाई प्रशिक्षण दिएको छ । एन प्याव्सनमा आवद्ध विद्यालय अन्तर्गत कक्षा ८ मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा १ हजार २ सय जना अभिभावकको सहभागिता रहेको थियो।

विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धि गर्न अभिभावकको जिम्मेवारीको विषयलाई लिएर अभिभावकलाई अभिमुखीकरण गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

‘विद्यार्थीको पहिलो पाठशाला घर हो । आफ्ना वावु नानीका विषयमा अभिभावकले पनि निगरानी राख्नुपर्दछ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष अधिकारीले भन्नुभयो,‘अभिभावकलाई जिम्मेवारीबोध गराउनका लागि पनि हामीले अभिभावकलाई प्रशिक्षण दिएका हौ ।’

यस अघि शिक्षक विद्यार्थीलाई प्रशिक्षण दिदै आएकोमा यस वर्ष बाट अभिभावकलाई पनि समेटेर कार्यक्रम गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले पनि शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा सहजिकरण गर्दै प्रशिक्षक प्रितम पौडेलले अभिभावकले राम्रो सस्कार र विद्यालयले गुणस्तर शिक्षा दिएमा विद्यार्थी अब्वल हुने बताउनुभयो ।

प्रदेश शिक्षा निर्देशनालय गण्डकी प्रदेशका प्रमुख अम्विका प्रसाद आचार्यले अभिभावकको उचित स्याहार सुसार भएका विद्यार्थी सफल भएको अध्ययनले देखाएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका वरिष्ठ अधिकृत भरत बरालले एन प्याव्सन कास्कीले नयाँ कार्यक्रमको थालनी गरेको बताउनुभयो ।

कार्यक्रममा अभिभावक विष्णुहरी पौडेलले प्रशिक्षण अभिभावकलाई उपयोगि भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

यसै गरी एन प्याव्सन कास्कीले अंग्रेजी भाषा विज्ञान प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा हिलसाइड इङलीस सेकेण्डकरी स्कुल प्रथम, लाभिन रेसिडेन्टल स्कुल द्धितीय, त्रिवेणी पब्लिक सकेण्डरी स्कुल तृतिय भएका थिए । त्यसैगरी अञ्जुली वोर्डिङ स्कुल, होली माउण्ट इङलीस स्कुल, वागमार एकेडेमी गार्डेन क्रमश चौथो पाचौ र छैटौ भएका छन् । उक्त प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३२ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा बौल्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद अचार्यले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रम कोषेढु·ा सावित हुने बताउनुभयो।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।