
दीननाथ बराल,
पोखरा २०, साउन,
भएको आफ्नो पसल माथि आगो लगायर बिमा रकम भुक्तानीको लागि माग गर्दा पोखरामा दुई जना पक्राउ पर्नु भएको छ । पोखरामा बिमा रकम ठगि गर्ने उद्धेश्यले आफ्नै पसलमा आगलागी गर्ने पोखरा १७ ड्यामसाइडका ३६ बर्षका सुजन गहतराज र पोखरा १७ विरौटा बस्ने ४३ बर्षका पवन नेपाललाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

बिमाको रकम ठगि गर्नेे उद्धेश्यले साउन १६ गते गत बुधबार पोखरा ६ नारेश्वरचोकमा रहेको मुक्तिनाथ सपिङ्ग सेन्टर प्रा.लि.मा आफै आगलागी गर्ने पसल संचालक गहतराज र नेपाललाई कास्की प्रहरीले पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताउनु भयो । भिडियो सामाग्रि पनि ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी सन्तोष निरौलाको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गर्दा जादा मिलेमतोमा आगलागी गरी बिमाको रकम ठगि गर्ने उद्धेश्यले आगलागी गरेको पुष्टि गरेको थियो ।बुधबार राति २ः१० बजे आफैले आगलागी गरी पसलबाट बाहिर निस्कनु भएका गहतराज र नेपाल साउन १७ गते बिमा दाबी भुक्तानीको लागि प्रहरी सहित बिमा कम्पनीमा सम्पर्कमा आउदै आगलागीको काजपत्र बनाउन लाग्नु भएको थियो । स्थानियले खबर गरे पश्चात सुरक्षाकर्मी, पोखरा महानगरको दमकल, स्थानियको सहयोगमा १ घण्टामै आगो नियन्त्रणमा आएको थियो ।
नारेश्वरचोक स्थित डा.थानेश्वर पहारीको घरमा भाडा लिई गहतराजले विगत ३ बर्ष देखि मुक्तिनाथ सपिङ्ग सेन्टर प्रा.लि.संचालन गर्दै आउने क्रममा केही महिना अघि मात्र दुई करोड १० लाख बराबरको हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड पोखरा न्युरोडबाट बिमा गराउनु भएको थियो । इन्भटरबाट आगलागी भएको हुन सक्ने संचालक गहतराजले प्रहरी समक्ष दिएको बयानको आधारमा अनुसन्धानको क्रममा इन्भर्टरबाट आगलागी हुन नसक्ने पुष्टि भएसंगै उहाँ दुबै जनाको योजनाबद्ध ढंगबाट आगलागी भएको प्रहरीले पुष्टि गरेको हो ।
पुर्व योजना भएको हुदाँ सुजन गहतराजको घरबाट गाडीमा स्प्रिटको ग्यालेन समेत राखेको प्रहरीले जनाएको छ । पसल संचालक सुजन गहतराजले उनको साथी पवन नेपाललाई ड्यामसाईडको फेवा झिर रेष्टुरेण्टमा वोलायर खाजा सहित ५ वोपल बियर पिएको समेत अनुसन्धानबाट खुलेको छ । पछिल्लो समयमा पसल खासै धेरै नचलेको र सामान ठुलो मात्रामा स्टक भएको र घरधनी समेतसंग भाडा लगायतका कुरामा विवाद रहेको कारणले गर्दा पनि आगो लगाएको गहतराजले प्रहरी सामु बयान दिनु भएको प्रहरीले जारी गरेको पे्रस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।
पवन नेपाल संग प्रारम्भिक सोधपुछ गर्दा गत वर्ष पवन नेपालले संचालन गरेको पश्चिमाञ्चल एकिकृत कृषि केन्द्रबाट संचालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट उहाँले ईन्स्योरेन्स कम्पनीबाट करिब ३१ लाख रूपैया लिएको भनेपछि सुजन गहतराज सो कुराबाट प्रभावित भई योजना बनाएको देखिन्छ ।
आगलागी पछि प्रहरी सामु बिमा नगरेको बयान दिनु भएको गहतराजले भोलि पल्ट बिमाको काज पत्र बनाउन लागेको र सीसी टिभि फुटेजमा समेत उहाँहरु गतिविधि देखिएको प्रहरीले जनाएको छ । घर भेटिले भने ७५ लाख बराबरको घरमा आगलागीबाट क्षती भएको दाबी गर्नु भएको छ भने पसल संचालक गहतराजको करिब १ करोड भन्दा बढीको सामान क्षती पुगेको बताइन्छ । पोखरामा यस्तो घटना विरलै हुने गरेको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । बिमा कम्पनीहरु पनि यस्ता ठगहरुबाट सर्तक हुन आग्रह गरिएको छ ।