शनिबार पनि पोखरामा माइक्रो बसहरुको प्रदुषण परिक्षण ( भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण १९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १९, साउन,

पर्यटकीय नगरी पोखरामा शनिबार पनि पोखरामा संंचालन हुने माईक्रो बसहरुको यात्रीक परिक्षण तथा प्रदुषण जाचपास गरिएको छ । अन्य दिनमा सवारी साधनहरुको जाच गर्ने ठाँउको अभावले गर्दा शनिबार बिदाको दिनमा यातायात व्यवस्था कार्यालय सवारी कार्यालय परिसरमा उक्त परिक्षण गर्न लागिएको कार्यालयका निमित्त प्रमुख गौतम अशोकले पोखराक्लिकलाई बताउनु भयो । भिडियो सामाग्रि ।

पोखरा यातायात प्रा.लि. अन्र्तगत पोखरामा संचालन हुने माइक्रो बसहरुले बजारमा बढी धुलो फाल्ने गरेको जनगुनासो आएकोले पहिलो चरणमा माईक्रोबसबाट उक्त परिक्षण गर्न सुरु गरिएको उहाँले जनाउनु भयो । उक्त परिक्षणको क्रममा ३० प्रतिशत भन्दा माथिको प्रदुषण भएका बसहरुलाई पुनः मर्मत संहार गरेर पुनः परिक्षण पश्चात मात्र सवारी साधन संचालनको अनुमति दिएको छ । यदि पुनः मर्मत गर्नु पर्ने सवारी साधनहरु बजारमा संचालनमा आएको भेटिएमा यातायात व्यबस्था ऐन अनुसार १० हजारसम्म कार्वाही गरिने भएको निमिक्त कार्यालय प्रमुख गौतमले जनाउनु भयो ।

पहिलो चरणमा माइक्रो बसहरुको प्रदुषण परिक्षण पश्चात पोखरमा संचालन हुने स्कुल तथा कलेजका बसहरुको समेत प्रदुषण परिक्षण गरिने भएको छ । त्यसैगरी शनिबार पोखरामा परीक्षण गरिएका मध्य ग १ ख ३८२७, मग १ ख ७०५९ र त्यसैगरी ग १ ज ३४३८ नम्बरको माइक्रो बसले ३०% भन्दा बढी प्रदूषण भएको भेटिएपछि पुन मर्मत संहार तथा इन्जिन मर्मत गर्न सुझाव दिएको छ ।

पोखरा यातायात प्रा.लि.का अध्यक्ष देउप्रसाद गुरुङले आफुहरुको मात्र बसमा प्रदुषणको समस्या नभई अन्य बसहरुमा समेत भएको दाबी गर्नु भयो । पेट्रोलियत पदार्थमा मिसावट भएको कारण लाखौं खर्चियर मर्मत गरे पनि धुवा फाल्ने समस्या केह िसवारी साधनमा रहेको उहाँले जनाउनु भयो । १६ मोडलका गाडीमा समेत यस्तो प्रदुषणको समस्या रहेकोले यसको समयमै नियमन तथा अनुगमन गर्न व्यवसायीहरुले माग गर्नु भएको छ ।

एउटा बसको प्रदुषण परिक्षण गर्न करिब १५ मिनेट लाग्ने हुदा बसहरु व्यबस्थापन गर्न कठिन भएकोले गर्दा पनि शनिबार तथा बिदाको दिनमा केही सहज भएको कार्यालयकामेकानिकल इन्जिनियर(प्राविधिक) अव्दुल्ला हवारीले पोखराक्लिकलाई बताउनु भयो । तीन चरणमा गरिएको परिक्षणको औषतमा ३० प्रतिशत भन्दा कम आएका सवारीहरु पास हुने अन्य मर्मत गर्नुपर्ने उहाँले जनाउनु भयो । पोखरा महानगरमा ३३ वटा वडा रहेका छन् भने अधिकांश रुटमा प्रा.लि.का बसहरु संचालनत हुदै आएका छन्। प्रा.लि.मा हाल ३ सय ७८ वटा सानो तथा ठुलो माइक्रो बसहरु संचालन भए हालसम्म करिब १ सय वटा मात्र बसको प्रदुषण परिक्षण गरिएको छ । केही बसहरुमा प्रदुषणको समस्या रहेको छ । पर्यटकीय नगरी तथा सुन्दर नगरी पोखरामा सौन्दर्यतालाई कायम गर्न यसरी यातायात व्यवस्था कार्यालयले प्रदुषण मापन गर्न थालेको हो ।