
दीननाथ बराल,
पोखरा १४, साउन,
पोखरामा स्कुल बस दुर्घटनामा पर्दा २४ जना घाइते हुनु भएको छ । पोखरा पार्दीको एलपी देवकोटाको स्कुल बस मट्टिखानबाट दुर्रखुमा बस पल्टदा २२ जना बिद्यार्थी सहित २४ जना घाइते भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ । ग १ क ६२१९ नम्बरको बस पल्टन साथ हाल प्रहरी र स्थानियको सहायताबाट उहाँहरुको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छोरेपाटन प्रहरी चौकीका सुर्य थापाले बताउनु भयो ।

पोखराको नमस्ते हस्पिटल र मणिपाल शिक्षण अस्पतालमा समेत केहीको उपचार भई रहेको छ ।