सिपलाई व्यवहारमा उतार्न अपरिहार्य–अध्यक्ष शाही

-


     पोखरा क्लिक     
     असार १३ गते २०८१ मा प्रकाशित


गण्डकी, १३ असार,

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले आर्जित ज्ञान र सिपलाई व्यवहारमा उतार्नु पर्ने बताउनु भएको छ । शुभकामना आमा समुहको आयोजना एवम् सारथी केन्द्र पोखराको सहकार्यमा आयोजित मलमलको वुटिक जुत्ता बनाउने सिपमूलक तालिमको समापन समारोहमा बोल्दै उहाँले महिलाहरु उद्यमशिल बन्नुपर्ने बताउनुभयो ।

संवैधानिक हक अधिकारको उपयोग गर्दै थप अधिकारीका लागि निरन्तर अघि बढ्नु पर्ने बताउँदै उहाँले महिलाहरु आर्थिकसंग जोडिएर सामाजिक सेवामा लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । महिलाहरु उत्पादनसंग जोडिनु पर्ने अपरिहार्य भएको उल्लेख गर्दै उहाँले प्राप्त ज्ञानसिपलाई व्यवसायमा परिणत गर्न सके मात्र तालिमले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
म्यूजियममार्ग टोलसुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरि बास्तोलाले टोल छिमेकको विकास निर्माणमा सवैको साथ र सहयोग हुनु पर्ने आवश्यकता औल्याउनुभयो । कंक्रिट वस्ति विकाससंगै खालि जग्गाको अभावको कारण स्थानीयस्तरमा आयमूलक तालिम सञ्चालनमा असहज बन्दै गएको उहाँको भनाई थियो ।

सोह्र जनाको सहभागिता रहेको तालिममा ५० जोर जुत्ता निर्माण गरिएको कोषाध्यक्ष गंगा कुँवरले तालिममा कूल ८२ हजार २६० रुपैया खर्च भएको जानकारी दिनुभयो । समुहका अध्यक्ष कोकिला श्रेष्ठ उदासको अध्यक्षतामा भएको कार्यक्रमा पूर्वअध्यक्ष पार्वती खड्का, नारिशक्ति जागरण आमा समुहका अध्यक्ष पियारी गुरुङ, समुहका उपाध्यक्ष अन्जु गुरुङ, प्रशिक्षकव्दय शान्ति श्रेष्ठ र शुशिला श्रेष्ठ, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, तालिमका सहभागि निर्मला क्षेत्री, समुहका सहसचिव सिर्जना खनाल लगायतले तालिमको महत्व माथि प्रकाश पर्नुभएको थियो ।

लममा क्रममा नारिशक्ति जागरणकmर्नेमा जोड दिंदै उहाँलेनारिशक्ति महिलाहरु उत्पादनसंग जोडिनर्ने जिवनपयोगी बनाउन आग्रह गर्दै व्यवहारमा उतार्दै मा बताउँदै अध्यक्ष शाहीले भन्नुभयो, महिलाहरु संगठित भएर उत्पादनसंग जोडिनु पर्दछ ।