
दीननाथ बराल
पोखरा १६, जेठ,
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ । आज (बुधबार) गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले प्राप्त गरेको विश्वासको मत प्राप्त गरेको विधि र प्रकृया असंवैधानिक ठहर गर्दा उहाँ पद मुक्त हुनु भएको हो ।
सर्वोच्च अदालतले अधिकारीलाई पदमुक्त हुने फैसला गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।
यसैबिच, पोखरा सभागृहमा आज बेलुका ५ः१० बजे सपथ ग्रहण हुने भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।