पोखरामा पहिलो पटक मोर्डन पेन्टाथलनको दोश्रो लेवलको प्रशिक्षक, प्रशिक्षण सुरू

-


     पोखरा क्लिक     
     जेठ १४ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १४, जेठ,

पोखरामा पहिलो पटक मोर्डन पेन्टाथलन (खेल) दोश्रो लेवलको प्रशिक्षक, प्रशिक्षण सुरू भएको छ । मोर्डन पेन्टाथलन संघको आयोजनामा मोर्डन पेन्टाथलन गण्डकी प्रदेशको व्याबस्थापनमा पोखरामा पहिलो पटक ५ दिने उक्त प्रशिक्षण आयोजना भएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

पाँच वटा खेलहरुको संमिश्रण रहेको यस खेलमा रनिङ, सुटिङ, फेन्सिङ, सुइमिङ र घोडचडी समावेस हुने हँुदा यस खेल निकै खर्चिलो र जहाँ पनि यसको प्रशिक्षण गर्न नसकिने अध्यक्ष श्रेष्ठले जनाउनु भयो । पोखरामा भएको उक्त कार्यक्रमले पोखरा क्षेत्रको खेल पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उहाँले जनाउनु भयो । उहाँका अनुसार उक्त प्रशिक्षणमा गण्डकी प्रदेश, बागमती प्रदेश सहितका अन्य प्रदेशबाट समेत गरी २२ जना भन्दा बढी सहभागि हुनु भएको छ । उक्त कार्यक्रममा सहभागि हुनको लागि विदेशबाट समेत ४० बढी देशलाई पत्रचार गरे पनि हवाई उडान शुल्क बढी पर्ने भएकोले अन्य देशबाट सहभागि नभएको उहाँको भनाई छ ।

उक्त कार्यक्रमको सोमबार एक समारोहका बिच उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरूङले ओलम्पिकमा सहभागि यस मोर्डन पेन्टाथलनको प्रबद्र्धन गर्न आवश्यक भएको बताउनु भयो । पोखरा पर्यटनको राजधानी घोषणासंगै अब खेलकुदको समेत राजधानी बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाई थियो । खेलाडी उत्पादनमा यस्ता कार्यक्रमले थप टेवा पुग्ने उपाध्यक्ष गुरुङको भनाई थियो । विदेशी प्रशिक्षक भेदीमले मोर्डन पेन्टाथलन नेपालमा राम्रो सम्भावना भएकोले यसको प्रबद्र्धन गर्न आवश्यक भएको बताउनु भयो । उक्त कार्यक्रममा १० भन्दा बढी जिल्लाबाट दोश्रो लेवलको प्रशिक्षण कार्यक्रममा सहभागि भएको संघका महासचिव यादव बस्नेतले बताउनु भयो ।

आउँदो ओलम्पिक खेलमा उक्त खेलको लागि घोडचढी बाहेक अन्य ४ वटा विधा समेटेर उक्त खेल हुने तयारी भएको उहाँले जनाउनु भयो । घोडचढी धेरै देशमा सहभागि गराउन निकै मुस्किल भएकोले उक्त विधा सन २०२४ पछि हटाउने भएको हो । संघ प्रदेशका अध्यक्ष कविता अर्यालले गण्डकी प्रदेशमा यस खेलको अब विभिन्न प्रतियोगिताहरु गर्ने तयारी गरेको बताउनु भयो ।