कृष्णसेन इच्छुकको २२ औ स्मृति दिवसमा शैक्षिक सामाग्रि सहयोग

-


     पोखरा क्लिक     
     जेठ १४ गते २०८१ मा प्रकाशित



पत्रकार एवं साहित्यकार कृष्णसेन इच्छुकको २२ औ स्मृति दिवस पोखरामा पनि मनाइएको छ । उक्त दिवसको अवसरमा प्रेस सेन्टर गण्डकी प्रदेश समिति, कास्की र महानजगको संयुक्त आयोजनामा आइतबार शहिद स्मृति आवासिय माविमा शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको छ ।

अग्रज पत्रकार कोमलनाथ बराल, विश्व प्रकाश लामिछाने, प्रेस सेन्टरका नेताहरुले बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले पोखराक्लिकलाई बताउनु भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष हरिराज अधिकारीले विभिन्न दाताको सहयोगबाट संचालित बिद्यालयमा उक्त सहयोग गर्नु भएकोमा प्रेस सेन्टरलाई धन्यवाद दिदै आगामी दिनमा सहयोगलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

प्रेस चौतारीका केन्द्रिय सदस्य कृष्ण थापाले सेन्टरले सामाजिक कार्यमा सहयोग गरेमा धन्यवाद दिदै आगामी दिनमा उक्त बिद्यालयमा सहयोग गर्ने वचन दिनु भयो । जनदिशा दैनिकका प्रधान सम्पादक रहनु भएको सेनको २०५९ साल जेठ १३ गते तत्कालिन महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या भएको बताइन्छ ।