पोखरा, १३ जेठ,
आशिर्वाद क्लव अफ नेपालको आयोजनामा आशिर्वाद साहित्यिक साँझ दोस्रो संस्करणको
पूर्व सन्ध्यामा महानगर स्तरीय कविता वाचन प्रतियोगिता हालै सम्पन्न भयो । प्रतियोगितामा
अक्सफोर्ड सेकेन्डरी स्कुलकी छात्रा लीला गुरुबले प्रथम भएकी छन् । प्रतियोगितामा भास्कर
मेमोरियलका अभियान बास्तोला द्धित्तिय र मदरल्यान्ड माविका अनुष्ठान रेग्मी तृत्तिय भए ।
प्रतियोगितामा प्रथम, द्धित्तिय र तृत्तिय हुनेलाई क्रमश नगद १० हजार, पाँच हजार, तीन हजार
र प्रमाणपत्र आशिर्वाद साहित्यिक साँझ दोस्रो संस्करणमा शनिवार वितरण गरियो ।
प्रतियोगितामा ३३ जना विद्यार्थी सहभागिता रहेका थियो । प्रतियोगिताको निणार्यक मण्डलको
संयोजकमा संजिव पौडेल र सदस्यहरुमा क्रमश कुशल गौतम र सागर अधिकारी रहेका थिए ।
संयोजक पौडेल कविता वाचनमा आवश्यक नियम प्रस्तुत गरे ।
पोखरापत्र दैनिकका कार्यकारी सम्पादक शोभाकान्त सिग्देलले प्रतियोगिताको उद्घाटन गर्दै
विद्यार्थीहरुले समय सान्दर्भिक कविता वाचन गरेकोमा प्रशंसा गरे । आशिर्वाद क्लव अफ नेपालका
संस्थापक इन्चार्ज ई. विक्रम बरालले साहित्यको एउटा प्रमुख विधा कविता भएको चर्चा गरे ।
आशिर्वाद क्लव अफ नेपालका अध्यक्ष मनिष बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका इन्चार्ज रवि वराललले स्वागत गरेको कार्यक्रममा क्लवका सचिव अर्जुन वरालले संचालन गरेका थिए