
दीननाथ बराल,
पोखरा ८, जेठ,
पोखराको शिसुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ पर्नु भएको छ । पोखरा ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा मंगलबार २ः०० बजे तोडफोड गरेको आरोपमा ३ जना महिला सहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
सहकारीका कर्मचारी माथी हातपात गरेको, कागजपत्र हिनामिना तथा टेलीफोन एवं नेटको तार समेतमा क्षति पु¥याएको आरोपमा उहाँहरुलाई प्रहरीले पक्राउ गरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो ।
उहाँका अनुसार पक्राउ पर्नेहरुमा पोखरा २७ लेखनाथ वस्ने ४९ बर्षकी कृष्ण कुमारी चौरेली, रुपन्देही ११ की ४७ बर्षीया कमला चन्द, नवलपरासी घर भएको बताउने ४२ वर्षीया बिष्णु बोहरा, कास्की माछापुच्छ्रे गाउँपालिका ५ रिवान बस्ने ३६ बर्षका प्रकाश बि.क., झापा भद्रपुर नगरपालिका ३ बस्ने ४० वर्ष का राजिव प्रसाई रहनु भएको छ । त्यसै गरी पोखरा २७ लेखनाथ वस्ने ४२ वर्षका गणेश शाही, पोखरा २७ लेखनाथका २९ वर्षका समिन बि.क, पोखरा २७ लेखनाथ वस्ने २७ बर्षका संजिप सुनार र पोखरा २७ लेखनाथका ५२ वर्षका यम ब.चौरेली रहनु भएको छ ।