प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न ।

-


     पोखरा क्लिक     
     जेठ ६ गते २०८१ मा प्रकाशित


पोखरा महानगर पालिका वडा नं–६ बैदामको शनिबार सम्पन्न प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन । ४ं.५ अंक ल्याई प्रथम हुन सफल भएका छन । उनले पुरस्कार स्वरुप नगद सात हजार पाच सय प्रमाण पत्र र मेडल हात पारे ।

ताल बाराही भु.पु विद्यार्थी एशोसियसन पोखरा ६ बैदामको आयोजना, पोखरा महानगर पालिका वडा नं – ६ को आर्थिक सहयोग र कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एवंम पोखरा महानगर पालिका वडा नं–६ ज.वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले चेसको गोटी चली उदघाटन गरिएको प्रतियोगितामा । मन्तव्य राख्दै पोखरा लाइ पर्यटकीय राजधानीको भएकोमा खुशि ब्यक्त गरे, उनले अबका दिनमा पोखरालाई खेलकुदको राजधानी बनाउने तर्फ सवै पोखरेली लाग्नु पर्नेमा जोड दिए । स्वस्थ्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको उनको भनाइ थियो ।

ताल बाराही माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले विधार्थि एसोसियसनले विद्यालयका हरेक कार्यक्रममा सहभागिता जनाउदै आएकोमा खृशि ब्यक्त गरेका थिए । कार्यक्रमका संयोजक एवंम राष्ट्रिय रेफ्रि तथा बुद्धिचाल संघका केन्द्रिय सदस्य महेश्वर अधिकारीले बुद्धिचाल खेल बल भन्दा पनि दिमाखले खेल्ने खेल भएको हुनाले, चनाखो भइ खेल्न आग्रह गर्दै, खेलका नियम र मापदण्डका बारेमा प्रकाश पारेका थिए ।

विधार्थि एसोशियसनका कार्यबाहक अध्यक्ष खिमलाल पहारीको सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा सदस्य गणेशराज पहारी स्वागत मनतब्य राखेका थिए भने, स–सचिब ज्ञानेन्द्रराज कोइरालाले कार्यक्रम संचालन गरेका थिए । कुल ५२ जना प्रतिस्पर्धी खेलाडीहरु सहभागी रहेको प्रतियोगितामा “ल अफ फिडेको” अन्तराष्ट्रिय नियम अनुसार खेल खेलाइको थियो । बेष्ट अफ फाइफको आधारमा गरिको, प्रतियोगितामा उत्तम पहारी, किरण रञ्जित, सुनिल बहादुर कोइराला र सुक प्रधानले चिफ आर्विटरको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ४.५ अंक ल्याइ धमेन्द्र गिरि द्रोस्रो र ४ अंक ल्याइ शुनिल श्रेष्ठ तेस्रो भएका थिए । क्रमश उनिहरुलाई नगद पाचहजार दुईसय पचास र तिनहजार सात सय पचास रुपैया सहित प्रमाण पत्र र मेडल प्रदान गरिको थियो ।

तेसै गरि पन्ध्र बर्ष मुनिका बाबु र नानीहरु तर्फ किस्मत जि.सी प्रथम , लक्ष्य शाक्य दोस्रो र उज्जवल पहारी तेस्रो भए । नानीहरु तर्फ सविना पोखरेल प्रथम र सुभेच्छा शाक्य दोस्रो र रस्मिता गुरुङ तेस्रो हुन सफल भएका थिए । पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथि र आयोजकले संयुक्त रुपमा नगद पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।