गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कागेंसले सर्वोच्चामा रिट दायर गर्ने

-


     पोखरा क्लिक     
     वैशाख २४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २४, वैशाख,

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सदनमा विश्वासको मत लिएको भोलिपल्ट सोमबार(आज) आफ्नै पार्टीका दुई जनालाई उहाँले नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवार दिनु भएको हो ।

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास र उर्जा जलश्रोत तथा खानेपानी मन्त्रीमा वेदबहादुर गुरुङ (श्याम) लाई मुख्यमन्त्री अधिकारीले नियुक्त गर्नु भएको हो । साथै उहाँहरुले आज नै सपथ ग्रहण समेत गर्नु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँहरुलाई सपथ ग्रहण गाउनु भएको हो । यस अघि सुन्दास आर्थिक मामिला मन्त्री र सुनदास भूमि व्यवस्था तथा कृषि र सीता सुन्दास आर्थिक मामिला मन्त्री हुनु भएको थियो ।

हाल गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पाँच सदस्यीय रहेको छ । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान आर्थिक मामिला मन्त्री र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भई सक्नु भएको छ ।

मुख्यमन्त्री अधिकारीले कागेंसको बिरोधका बाबजुत ६० सदस्य प्रदेश सभामा ३० मतका आधारमै विश्वासको मत प्राप्त गर्नु भएको थियो । असंबैधानिक कदमबाट सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै नेपाली कागेंसले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गर्ने भएको संसदीय दलका उपनेता बिन्दुकुमार थापाले बताउनु भयो । हाल आफुहरु छलफलमै रहेको उहाँले जनाउनु भयो । विश्वासको मत लिदा प्रदेश सभाको सम्पूर्ण सदस्यको बहुमत आवश्यक हुने कानूनि प्रावधान हँुदा हुदै गैर संवैधानिक ढंगबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत भएको उपनेता थापाले जनाउनु भयो ।

माओबादी केन्द्रले तीन मन्त्रालय मागेको श्रोतको दाबी छ । अधिकारी नेतृत्वले पहिलो पटक मुख्यमन्त्री हुदा ११ बाट ७ मन्त्रालयमा झार्नु भएको थियो । यस पटक भने धेरै दलबाट गठबन्धन बनाउनु पर्ने बाध्यताले गर्दा ९ वटासम्म मन्त्रालय हुन सक्ने बताइएको छ ।