महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता हुने तयारी

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २३, वैशाख,


“स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता यही वैशाख २८ देखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगिता यही वैशाख ३० गतेसम्म चल्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा हुने प्रतियोगितामा विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको क्लवका अध्यक्ष आनन्दकुमार तत्रझ्या(काजी) ले बताउनु भयो । तीन दिन चल्ने प्रतियोगितामा करिब २० टिम सहभागि हुने भएको प्रतियोगिताका संयोजक सेजोल जोजिजुले बताउनु भयो । प्रतियोगितामा कास्की सहित पर्वत, म्याग्दी, बागलुङ लगायतबाट केही टिम दर्ता भएको उहाँले दाबी गर्नु भयो ।

२०३४ सालमा स्थापना भएको क्लव विगत बेड दशकजसो समय सुसुप्त अबस्थामा रहेको थियो भने अब क्लवले निरन्तर खेलकुद सहित सामाजि कार्यक्रम गर्दै जाने भएको सचिव राजु कायस्थले बताउनु भयो । सल्लाहकार बिद्या मर्सानीले अब यस क्लवका सदस्यहरु एक भई सामाजिक कार्यमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो । वक्सिङका खेलाडी बुद्ध गुभाजुले मैदान अभावले गर्दा क्लवले आफ्नो खेलकुद गतिविधि अघि बढाउन नसकेको जनाउनु भयो ।