
दीननाथ बराल,
पोखरा १०, वैशाख,
पोखरामा यही वैशाख तेश्रो साता खेलकुद महोत्सव सहित मार्सल आर्ट फेष्टिवल हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिले पोखरामा विविध महोत्सव सहित मार्सट आर्ट फेष्टिवल आयोजना गर्ने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
यही वौख २२ गते देखि सुरु हुने उक्त फेष्टिवलमा राष्ट्रिय मुआथाई प्रतियोगिता पोखरा रंगशालामा आयोजना गरिने भएको समतिका अध्यक्ष दिपक गोदारले बताउनु भयो । प्रतियोगितामा ८० जवना खेलाडीहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । मार्शल आर्ट महोत्सव अन्तर्गत कराते, तेक्वान्दो, उसु, आइटिएफ तेक्वान्दो, जुडो, फेन्सिङ र हाप्किडोतर्फका खेलहरु हुने भएको अध्यक्ष गोदारले जनाउनु भयो । हरेक खेलका दुई इभेन्ट र चार वटा तौलमा प्रतिस्पर्धा गर्न लागिएको समितिका सदस्य सचिव सुवास खड्काले बताउनु भयो । तल्लो स्तरबाट खेलाडी उत्पादनमा बिषेश ध्यान दिएको दाबी गर्नु भएको अध्यक्ष गोदारले बजेट अभावले गर्दा ३८ खेलहरु मध्य आधा जसो खेललाई मात्र हाल प्रथामिकता दिने गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी आजैबाट तयारी सुरु गर्न निर्देशन दिनु भयो । चालु आर्थिक बर्षमा खेलकुद क्षेत्रको लागि करिब ३ करोड बजेट विनियोजन भएकोमा आउदो बर्षमा उक्त बजेट बढ्ने विश्वास दिलाउनु भयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डको बजेट कटौती हुनु र समितिमा मञ्चको एक जना सदस्यको राख्ने व्यबस्थालाई किन ख्याल नगरीएको भन्ने पत्रकारको प्रश्नमा मेयर आचार्यले यस बर्ष बजेट छुटन गए पनि बजेट व्यबस्था भएको उल्लेख गर्दै कानून बमोजिम मञ्चको एक जना सदस्यलाई समितिमा समावेस गरिने आश्वासन दिनु भयो ।
ट्रयाथलन, इन्डोरो, म्याराथन, आहा रारा पोखरा गोल्ड कप, सफल पोखरा म्याराथन लगायत अन्य खेलकुद प्रतियोगिताहरुलाई क्यालेण्डरमा राखेर अघि बढाउने गरी आगामी वर्षका लागि खेलकुदमा बजेट बृद्धि गर्ने बताउनु भएको हो । पोखरालाई सहासिक खेलकुद र खेल पर्यटनको प्रबद्र्धन हुने गरी खेलकुदका गतिविधि बढाउनु पर्ने उहाँको भनाई थियो ।