गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित, प्रतिपक्ष दलद्धारा बैठक बहिष्कार

-


     पोखरा क्लिक     
     वैशाख ७ गते २०८१ मा प्रकाशित



पोखरा ७, वैशाख,

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैठक बहिष्कार गरे पछि उक्त बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख कृष्ण धितालले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताउनु भएको थियो ।

आजको बैठक सुरु भएसंगै बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गर्नु भएको थियो तर प्रतिपक्ष दलका सांसदहरु सहभागि नभएको हुदा बैठक स्थगित भएको हो । केही समय प्रतिपक्ष दलका सांसदलाई बैठकमा आउन उहाँले गरेको आग्रमा कोही पनि नआए पछि सभामुखले बैठक स्थगित भएको जानकारी गराउनु भएको हो । सभामुखले तीनपटक प्रतिपक्ष दलका सांसदहरूलाई सभाहलमा आउन आग्रह गर्नु भएको थियो ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनको विषयमा सर्वोच्च अदालतमा दिएको रिटको आधारमा हाल विचाराधिन अबस्थामा प्रदेश सभा बैठक वोलाउनु पुनः अर्को अवैधानिक कदम भएको काग्रेसले बिरोध गर्दै आएको छ । विचाराधिन मुद्धा फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै काग्रेंसले बैठक बहिष्कार गरेको हो ।