
त्रिवेणी संगीतालयद्धारा आयोजित नव प्रतिभाको खोजी अभियान अन्तर्गतको गण्डकी प्रदेश स्तरीय गायन रियालिटी शो सुपर भवईस अफ त्रिवेणी सीजन–२ को उपाधी लाहाचोक कास्कीका दिपेश नेपालीले जितेका छन्। पाँच चरणमा सम्पन्न उक्त प्रतियोगितामा बगरकी कृषिका घिमिरे, लेखनाथका दिपक परियार, गोरखाका भुवन अधिकारी क्रमशः द्वितिय, तृतीय र सान्तवना स्थान प्राप्त गरेका थिए भने कास्कीकै समर लोहोनीले दर्शक रोजाईको उपाधी जितेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रकाश बरालले नेपाली संगीत क्षेत्रमा त्रिवेणी संगीतालयले पु¥याएको योगदानको प्रशंशा गर्दै पर्यटकीय राजधानी पोखरामा यस्ता गतिविधि भइरहनुपर्ने र राज्यको तर्फबाट पनि सहयोग भएमा अझ नव प्रतिभाहरुले अवसर पाउने बताउनु भयो साथै आगामी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जानकारी गराउनु भयो लोक र ऐच्छीक २ चरणमा गरिएको उक्त कार्यक्रम प्रत्यक्ष बाद्यवादन तथा ट्रयाकमा २१ जना प्रतियोगीहरुको आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
संगीतालयका प्रशिक्षक नवराज बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विवि अनुरागी संगीतकार करण तामाङ, संगीत प्रशिक्षक तथा गायकी किशोर सुनारले निर्णाएककमो भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन राजन बरा, सुनील बराल र उर्जा बरालले गरेका थिए ।




