
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन गरिएको छ । भित्ते पात्रोको शुक्रबार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले विमोचन गरे ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापाले सामुदायिक सेवा केन्द्रका गतिविधिबाट प्रहरी उत्प्रेरीत भएको बताए । ‘नेपालका धेरै जिल्लामा रहेर सेवा गर्ने अवसर मिल्यो तर यहाँको सामुदायिक केन्द्रको गतिविधि अन्य ठाँउमा देख्न पाइएन’ उनले भने, ‘सामुदायिक सेवा केन्द्रले गरेका गुणस्तरीय र उत्कृष्ट कार्यक्रमले समाजमा शान्ति सुरक्षा कायम गर्न र विकृति विसंगती न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई मद्दत मिलेको छ ।’
उनले सामुदायिक केन्द्रलाई वैद्यानिकता दिनसके केन्द्रबाट हुने काम कारवाहि अझै प्रभावकारी हुने उल्लेख गरे । सामुदायिक सेवा केन्द्र जिल्ला समन्व्य समिति कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाइले प्रहरी र नागरिक वीचको पुलको काम सामुदायिकले गरेको उल्लेख गरे ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायि प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले समाजका विकृति विसंगती न्यूनिकरण गर्न त्यहाँको समुदाय चनाखो हनुपर्ने बतइन् । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका सचिव उत्तम जोशी, अधिकारी टोल महिला समूहकी अध्यक्ष विजय अधिकारी, सामुदायिक सेवा केन्द्र वगरका कोषाध्यक्ष कृष्ण बहादुर तामा· र सचिव शिवराज अधिकारीले बोलेका थिए ।




